कोदाको रोटी ढिडाको डल्लो,डोकोले छेकेन,
सुखको दिन गाउँले हो भन, किन पो आएन ?
नेपाली साहित्यका क्रान्तिकारी प्रगतिशील जनकवि ‘जुरेली’ अर्थात गोकुल जोशीको आज ९३ औं स्मृति दिवस हो । तत्कालीन जहानिया राणाशासनको विरुद्धमा जनचेतनाको लेख र रचनाहरु लेख्दै समाज आमुल परीवर्तनको लागी आवाज उठाएका जुरेलीलाई आईतबार शुक्लागण्डकी नगरपालिका–११ राईपुरका स्थानीयले जुरेलीको शालिक अगाडी उभ्भिएर सम्झना गरेका छन् ।
आईतबाार राईपुर स्थित खोलाखेतमा गोकुलजोशी स्मृति प्रतिष्ठानले आयोजना गरेको स्मृति कार्यक्रममा स्थानीय आमा समुहद्वारा शालिकमा माल्याणपन, कविताबाचन, भजन कृतन नाचगान गर्दै उनको योगदानको स्मृति गरिएको थियो । कार्यक्रममा बोल्दै गोकुल जोशीका बालकका साथी वेदप्रसाद पोख्रेलले गोकुलको कविता सुनाउदै जुरेलीले समाजमा अन्धविश्वास र रुढीवादी यसै हट्दैन, सबै मिलेर निर्मुल पार्नुपर्छ भनेर कलम चलाउने गरेको बताए । पोख्रेलले जुरेलीको सम्झनामा यस्तो कविता सुनाए :
शिक्षाको आँखा नखुलेसम्म देखिन्न सिर्जना
जानेर भर्ने इच्छाको मीठो मेटिन्न तिर्सना
कोदाको रोटो नुनको ढिको मिलाई टोकेको
छोराले अब बोक्दैन डोको बाबुले बोकेको
गोकुलजोशी स्मृति प्रतिष्ठानका अध्यक्ष लोकनाथ पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा राईपुर गाउँका स्थानीयको उपस्थिती रहेको थियो भने प्रतिष्ठानका सचिव गेहेन्द्र भट्टराईले कार्यक्रम संञ्चालन गरेका थिए ।
वि सं. २०४९ सालमा धरा पत्रीकाको (अंक ९१) मा क्रान्तिकारी प्रगतिशील जनकवि ‘जुरेली’ अर्थात गोकुल जोशी प्रकाशित एक कविताको अंश
कोदाको रोटी ढिडाको डल्लो डोकोले छोडेन
सुखको दिन गाउले हो भन किन पो आएन
उक्लनुपर्छ यो ठुलो डाडा भारी यो बोकेर
पुग्दैन खान भरिया घुम्छ पेट त्यो कसेर
खोल्सा र खोल्सी फोहोर सधै राइपुर सम्झन्छु
सुख दुखको साथी डोको र नाम्लो रातदिन कल्पन्छु
लेखपढ गर्न मनसुवा थियो मौकाले दिएन
दुखीको छोरो म दुखी भए उज्यालो आएन!