दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले शुक्रबार सपथ ग्रहण गरेका छन् ।
नगर प्रमुख कृष्णराज पण्डितले जिल्ला निर्वाचन अधिकृत हरिचन्द्र ढकालबाट सपथ लिए भने उप प्रमुख खुम बहादुर विक राजु, वडा अध्यक्ष लगायत अन्य सदस्यहरुले नगर प्रमुखबाट सपथ ग्रहण गरेका थिए ।
संघियता स्थापना पछिको दोस्रो स्थानीय तह निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुले सपथ लिए सँगै नगर प्रमुख र उप प्रमुखले आजै कार्यभार सम्हालेका छन । वडाका पदाधिकारीहरुले आईतवारबाट समय मिलाएर पदस्थापन गरिने प्रमुख प्रशासकीय अधिकृत लिलावल्लभ न्यौपानले वताए ।
नगर प्रमुख पण्डितले जिल्ला निर्वाचन अधिकृत हरिश्चन्द्र ढकालबाट सपथ लिई नगर प्रमुखको पदमा पदभार ग्रहण गरे भने उप प्रमुख खुम बहादुर विकले नगर प्रमुख कृष्णराज पण्डित मार्फत सपथ ग्रहण गरि उपप्रमुखको पदभार ग्रहण गरे ।
स्थानीय निर्वाचन अधिकृत सरिता रायमाझि मार्फत प्रमाण पत्र ग्रहण गरी सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमा पुर्व मन्त्रि तथा प्रदेश सभा सदस्य आशा कोईरालाको समेत उपस्थिति रहेको थियो । नगर सभाहलमा प्रमाण ग्रहण पछि भएको पदस्थापन समारोहमा संस्थापक नगर प्रमुख किसान गुरुङ्ग र उप प्रमुखले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमा नगर प्रमुख कृष्णराज पण्डित र उप प्रमुख खुम बहादुर विकले निर्वाचनका बेला नागरिक समक्ष राखेका प्रतिवद्धता पुरा गर्न र नगरको समग्र विकासका लागि सवैको साथ लिएर अगाडी बढ्ने वताए ।