दमौली, स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत ब्यास नगरपालिकामा स्थगित भएको वडा नं ८ को पुन: मतदान बुधबार सम्पन्न भएपछी बुधबार रातिबाट मतगणना शुरु भएको छ ।
हालसम्म गणना शुरु गरिएको वडा नं १, २, र ३ को मत परिणाम अनुसार प्रमुखमा स्वतन्त्र उमेदवार दिपकराज जोशीले अग्रता लिएका छन् । जोशीले ४१६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका बैकुण्ठनाथ न्यौपानेले २९९ मत प्राप्त गरेका छन् । उप प्रमुखमा भने नेपाली कांग्रेसकी इन्दिरा दरै अगाडी रहेकी छन् । उनले ३४७ मत प्राप्त गर्दा नेकपा एमालेकी सुर्य चिह्न उम्मेदवार बसुन्धरा घर्तीले ३३४ मत प्राप्त गरेकी छन् ।