दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाम सत्ता गठबन्धन विजय भएको छ । गठबन्धन पछि नेपाली कांग्रेसबाट मेयर पदका उम्मेद्वार कृष्णराज पण्डित र माओवादी केन्द्रबाट उपमेयर पदका उम्मेद्वार खुमबहादुर विक राजु जित हासिल गरेका हुन् ।
बुधबार सार्वजनिक भएको अन्तिम मतपरिणम अनुसार पण्डिले १२ हजार २६३ र विकले १० हजारर २६२ मत प्राप्त गर्दै जित हासिल गरेका थिए ।
एमालेबाट मेयर पदमा उम्मेद्वारी दिएका मुक्तिनाथ तिम्सिना र उपमेयर पदमा उम्मेद्वारी दिएकी फुलमाया वाग्लेले भने क्रमश: नौ हजार ८४० र नौ हजार ९५७ मत प्राप्त गरि पराजित भएका थिए । मेयरमा दुई हजार ४२३ र उपमेयरमा ३०५ मतान्तरमा पण्डित र विकले जित हासिल गरेका थिए ।
बैसाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा शुक्लागण्डकी नगरपालिकामा ६७.८५ प्रतिशत मत खसेको थियो । ३८ हजार ३१५ मतदाता रहेकोमा २५ हजार ९९७ जनाले मात्र मतदान गरेका थिए ।