दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका–१२ मा नेकपा एमालेले प्यानल सहित जित हासिल छ । बुधबार सार्वजनिक भएको अन्तिम मतपरिणम अनुसार वडाध्यक्ष ईन्द्र गुरुङ नेतृत्वको प्यानल विजय भएको हो ।
दुई हजार ९२ मत गणना हुदाँ एमालेका गुरुङले ७५७ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका थिए । उनका प्रत्यासी नेकपा माओवादी केन्द्रका मनराज गुरुङले ७४८ मत प्राप्त गरेका थिए । गत स्थानीय निर्वाचनमा एमालेलाई हराउदै वडाध्यक्षमा निर्वाचित भएका मनराज यसपटक एमालेका ईन्द्रसंग ९ मतको अन्तरले पराजित भएका छन् ।
यसै गरि नेकपा एमालेबाटै खुल्ला महिला वडा सदस्य ठुलमाय गुरुङले ७७४, दलित महिला सदस्य सरिता राई विकले ७८५, खुल्ला सदस्यमा चेतबहादुर गुरुङ र मनबहादुर कँुवरले क्रमशः ७५६, ७३७ मत प्राप्त गर्दै जित हासिल गरेका छन् ।