दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका–१० को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट राजेन्द्र भट्टराई क्षेत्रीले निर्वाचित भएका छन् । बुधबार विहानी सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार माओवादी केन्द्रका राजेन्द्र भट्टराई क्षेत्री १६३ मत अन्तरले विजयी भएका हुन् । यो संगौं माओवादी केन्द्रले शुक्लागण्डकीमा जितको खाता खोलेको छ ।
माओवादी केन्द्रबाट वडाध्यक्षमा उम्मेद्वारी दिएका भट्टराईले ९२५ मत प्राप्त गरेका थिए भने उनका प्रत्यासी नेपाली कांग्रेसका खड्ग विक्रम खाँड ठकुरीले ७६२ मत प्राप्त गरेका थिए ।
वडा सदस्यमा नेपाली काँग्रेसका दुई र एमालेका दुई जना विजयी भएका छन् । काँग्रेसबाट खुल्ला महिला सदस्यमा तिलादेवी राना आलेले ८२८ र खुल्ला सदस्यमा बिमल रानाले ८०९ मत प्राप्त गरी विजयी भएका छन् भने नेकपा एमालेबाट खुल्ला सदस्यमा कुश्माखर खत्रीले ८०७ र दलित महिला सदस्य पेमाया वि.कले ७६१ मत ल्याएर विजयी भएका छन् ।