दुलेगौंडा । स्थानीय तह निर्वाचनमा आज (मंगलबार) भएको अन्तिम मतपरिणम अनुसार शुक्लागण्डकी नगरपालिका–९ मा नेकपा एमालेको प्यानलै विजय भएको छ ।
नेकपा एमालेबाट वडाध्यक्षमा उम्मेद्वारी दिएका धनबहादुर थापाले ७४० मत प्राप्त गर्दै विजय भएका हुन् । उनका प्रत्यासी नेपाली कांग्रेसका मुक्ति सापकोटाले ६४८ मत प्राप्त गरेका थिए ।
यसै गरि एमालेबाटै महिला वडा सदस्यमा बुद्धिमाया गुरुङले ७४५, दलित महिला सदस्य सुनिता विकले ७५७, खुल्ला सदस्यमा कमल थापा र दिपक महत क्रमशः ७४९ र ६६७ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् ।