दुलेगौंडा । जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ मा नेकपा एमालेले जित हासिल गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको गृहवडा समेत रहेको शुक्लागण्डकी नगरपालिका–८ मा एमालेले विजय प्राप्त गरेको हो ।
२ हजार ६३९ मत गणना गर्दा नेकपा एमालेका नारायण सिं थापा मगरले १ हजार २८१ मत प्रप्त गरी वडाध्यक्षमा विजयी भएका थिए । वडाध्यक्षका प्रत्यासी नेपाली काँग्रेसकी चन्द्राकला भट्टराइले भने १ हजार १६५ मत प्राप्त गरेकी थिईन् ।
यसै गरि वडा सदस्यमा भने नेपाली कांग्रेस र नेपका एमालेबाट २/२ जनाले जित हासिल गरेका छन् । एमालेबाट खुल्ला सदस्यमा अशोक महत १२६७ र मानबहादुर क्षेत्री ११६८ मत प्राप्त गरी विजयी भएका थिए भने काँग्रेसबाट महिला सदस्यमा डम्बरकुमारी सिग्देल ११९८ र दलित महिला सदस्यमा सिर्जना विक १२०१ मत प्राप्त गरी विजयी भएका थिए ।