दुलेगौंडा, भिमाद नगरपालिकामा नगर प्रमुख र उप प्रमुख दुवै पदमा नेकपा एमालेले जित हासिल पारेको छ । नेपाली कांग्रेस र एकीकृत समाजबादीको गठबन्धनका उम्मेवारहरु लाई पराजित गर्दै नगर प्रमुखमा दधिराज सुबेदी र उप प्रमुखमा शारदा खनाल बिजयी भएका हुन् ।
नगर प्रमुखमा एमालेका उमेदवार दधिराज सुबेदीले ८९२१ मत प्राप्त गरि गठबन्धनका उमेदवार काजिमान श्रेष्ठलाई २३०० को फराकिलो मतले र उप प्रमुखमा एमालेकै शारदा खनालले ७६६७ मा प्राप्त गरी ४६३ मतले गठबन्धनका उम्मेदवार मिलन आलेलाई पराजित गरेका हुन् । उप प्रमुख शारदा खनाल उक्त पदमा पुन: निर्वाचित भएकी हुन् ।