दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाको तीन वडामा नेपाली कांग्रेसको प्यानल नै विजय भएको छ । शुक्लागण्डकी नगरपालिका १, ३ र ४ को अन्तिम नतिजा सार्वजनिक हुदाँ सबै वडामा कांग्रेस प्यानलको विजय भएको छ ।
शुक्लागण्डकी नगपालिका १ मा १११३ मत सहित रविचन्द्र पौडेलले निर्वाचित भएका छन् । यसै गरि पौडेल प्यानलबाटै महिला वडा सदस्य लक्ष्मीदेवी भण्डारीले ११०३, दलित महिला सदस्य विष्णुमाया विश्वकर्माले १११०, खुल्ला सदस्य तर्फ मोहम्मद जब्बर मियाले १०५९ र कृष्ण बहादुर गुरुङले १०७९ मत सहित विजय भएका छन् ।
यसै गरि शुक्लागण्डकी नगरपालिका–३ मा सचिन भुजेलले कुल १ हजार ७०६ मतमा ८०५ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका छन् । वडाध्यक्ष भुजेल सहित महिला वडा सदस्यमा उमादेवी सुवेदीले ७१२, दलित महिला वडा सदस्य लक्ष्मी सुनारले ७०७, खुल्ला सदस्य विजय श्रेष्ठ र केशरबहादुर थापा मगरले क्रमशः ६२९ र ७०५ मत प्राप्त गरि निर्वाचित भएका छन् ।
शुक्लागण्डकी–४ मा पनि नेपाली कांग्रेसको प्यानल विजय भएको छ । वडा अध्यक्षमा राजकुमार वाग्ले (राजु)ले ७७८ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका छन् । महिला वडा सदस्य मिठुमाया थापा रानाको ७९९, दलित महिला सदस्य मिना रोकाहा सुनार ७८७, खुल्ला सदस्य तर्फ मदन श्रेष्ठको ७८२ र महिप ज्वारचन ७७९ मत सहित बिजय भएका छन् ।