दुलेगौंडा । जिल्लाको शुक्लागण्डकी नगरपालिका–३ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । विसं. २०७४ सालको स्थानीय तहको निार्वचनमा जिल्लामै सवैभन्दा धेरै मतान्तरले एमालेले जित हासिल गरेको यस वडामा यसपटक कंग्रेसले फ¥याकिलो अन्तरमा जित निकालेको छ ।
चुनावी प्रतिष्पर्धामा इतिहासमै जित्न नसकेको वडा यसपाली काँग्रेसका सचिन भुजेलले ३२५ मतको अन्तरले जित हासिल गरेका हुन् । भुजेलले कुल १ हजार ७०६ मतमा ८०५ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भए । उनका प्रत्यासी नेकपा एमालेका राजन रिमालले ४८० र माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेद्वार कमलबहादुर थापाले १९८ मत प्राप्त गरेका छन् ।
वडाध्यक्ष भुजेल सहित महिला वडा सदस्यमा उमादेवी सुवेदीले ७१२, दलित महिला वडा सदस्य लक्ष्मी सुनारले ७०७, खुल्ला सदस्य विजय श्रेष्ठ र केशरबहादुर थापा मगरले क्रमशः ६२९ र ७०५ मत प्राप्त गरि निर्वाचित भएका छन् ।
हालसम्म शुक्लागण्डकीमा १, ३ र ४ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ ।