दुलेगौंडा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत शुक्लागण्डकी नगपालिका वडा नं १ को मतगणना सम्पन्न भएको छ । प्राप्त अन्तिम परिणाम अनुसार वडा नं १ मा नेपाली काँग्रेसको प्यानलनै बिजयी भएको छ ।
वडा अध्यक्षमा रविचन्द्र पौडेलले फराकिलो मतान्तरले नेकपा एमालेका रघुनाथ पौडेललाई पराजित गरेका छन् । वडा अध्यक्षमा रविचन्द्र पौडेलको १११३ आउदा रघुनाथ पौडेलको जम्मा ८४२ मत प्राप्त भएको छ । महिला वडा सदस्य लक्ष्मीदेवी भण्डारीको ११०३, दलित महिला सदस्य विष्णुमाया विश्वकर्मा १११०, खुल्ला सदस्य तर्फ मोहम्मद जब्बर मिया १०५९ र कृष्ण बहादुर गुरुङ्ग १०७९ मत सहित बिजय भएका छन् ।
वडा अध्यक्ष रविचन्द्र पौडेल र वडा सदस्य मोहम्मद जब्बल मिया पुनः निर्वाचित भएका छन । मत परिणाम औपचारिक घोषणा हुन भने वाँकी रहेको छ ।