दुलेगौंडा, शुक्लागण्डकीमा शनिबार मध्यान्ह १२ बजेदेखी स्थानीय तह निर्वाचनको मतगणना सुरु भएका छ । हालसम्म प्राप्त परिणाम अनुसार नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रका गठबन्धनका उम्मेद्वार अगाडी रहेका छन् । शुक्लागण्डकी नगरपालिका–१, २, ३ र ४ मा गरि ४२९० मत गणना गर्दा प्रमुख र उप प्रमुख गठबन्धन अगाडी आएको हो । प्राप्त मत परिणाम अनुसार गठबन्धनका उमेदवारले मतान्तर बढाउदै लागेका छन् ।
शुक्लागण्डकीमा गठबन्धन तर्फबाट प्रमुखमा कांग्रेसका उम्मेद्वार कृष्णराज पण्डितले २३२८ मत प्राप्त गरेका छन् भने उप प्रमुखमा गठबन्धनका तर्फबाट माओवादीका खुमबहादुर विक राजुले १७४४ मत प्राप्त गरेका छन् ।
यसै गरि नेकपा एमालेबाट शुक्लागण्डकी नगरपालिकाको प्रमुख पदका उम्मेद्वार मुक्तिनाथ तिम्सिनाले १४७८ मत प्राप्त गरेका छन् भने एमालेबाट उप प्रमुख उम्मेदवार फुलमाया वाग्लेले १४९६ मत प्राप्त गरेकी छिन् ।
हाल नगरपालिकाको वडा नं १, २, ३ र ४ को मतगणना चलिरहेको छ । सबै वडामा वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारहरुले अग्रता लिएका छन् ।