दुलेगौंडा । जिल्लाको शुक्लागण्डकी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले पुनः अग्रता कायम गरेको छ । शुक्लागण्डकी नगरपालिका–१,२,३ र ४ मा गरि ७०० मत गणना गर्दा गठबन्धन तर्फबाट कांग्रेसका उम्मेद्वार कृष्णराज पण्डितले ३३९ मत सहित अग्रता कायम गरेका हुन् । मेयर पदका प्रत्यासी नेकपा एमालेका मुक्तिनाथ तिम्सिनाले भने २८४मत प्राप्त गरेका छन् ।
यसै गरि उपमेयर पदमा नेकपा एमालेकी फुलमाया वाग्लेले २९१ मत प्राप्त गर्दै अग्रता कायम गरेकी छिन् भने गठबन्धनका तर्फबाट माओवादीका खुमबहादुर विक राजुले २३० मत प्राप्त गरेका छन् ।