दुलेगौंडा
विहिवार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना शुरु भएसँग शुक्लागण्डकी नगरपालिका वडा नं ४ मा नेपाली काँग्रेसका वडा अध्यक्ष उमेद्वार राजकुमार वाग्ले राजु फराकीलो मतान्तरले अग्रता कायम गरेका छन् ।
हालसम्म गणना भएको १०० मतमा राजकुमार वाग्लेको रुख चिन्हले ५६ मत प्राप्त गरेको छ । नेकपा एमालेको सूर्य चिन्हले ३६ मत प्राप्त गरेको छ । यस वडाबाट हालसम्म गणना भएको मत मध्ये प्रमुख पद रुखमा ६४ र सुर्यमा २६, उप प्रमुख गोलाकार भित्रको हसिया हतौडा ५१ र सुर्यले २७ मत प्राप्त गरेको छ ।