भिमाद, स्थानीय तह निर्वाचन २०७९ को बैशाख ३० गते बहेको निर्वाचनको मतगणना शुरु हुन थालेको छ । तनहुँ जिल्लाका ७ वटा स्थानीय तहमा मतगणना शुरु भैसकेको छ भने अन्य तिन वटामा तयारी हुदै गरेको बताईएको छ ।
भिमाद नगरपालिकामा वडा नं १ बाट मतगणना शुरु गरिएको जानकारी प्राप्त भएको छ । हालसम्मको मत मतगणना अनुसार प्रमुख पदमा नेकपा एमालेका दधिराज सुबेदीले ६६९, एकीकृत समाजबादीका काजिमान श्रेष्ठले ४५१, उप प्रमुखमा नेकपा एमालेकी शारदा खनालले ६५९ र नेपाली काँग्रेसका मिलान आलेले ५६३ मत प्राप्त गरेको छन् भने । वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवारले ५९१ र नेपाली काँग्रेसका उमेदवारले ६१७ मत प्राप्त गरेका छन् ।