वैशाख २४
संजय अधिकारी
सप्तरी- सप्तकोशी नगरपालिकामा शनिबार देखि निर्वाचन आचारसंहिता पालनामा कडाइ गरिएको छ । शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा मा बसेको सर्बदलिय बैठकले निर्बाचन आयोगद्वारा जारी गरिएको आचार संहिताको अनुगमन गर्ने र कमि कमजोरी देखिएको ठाँउमा कडाइ गर्ने निर्णय गरेको हो ।
लोकतान्त्रिक मुलुकमा नियम कानुनको पालना गर्नु जरूरी भएको र जनप्रतिनिधि हुन्छौ भन्ने व्याक्ति तथा राजनैतिक पार्टीले आचारसंहिताको पालना गर्नु जरूरी रहेको नेकपा एमालेका प्रतिनिधि पारस दाहालले बताए । ‘आचार संहिताको पालनाले उम्मेदवारलाइ जिम्मेवार बनाउँछ र समाजमा कानुनी शासनको प्रत्याभुति गराउँछ’ दाहालले भने । यसै गरी राप्रपा नेपालका वडा नं. १ का अध्यक्षका उम्मेदवारले आचार संहिताले आर्थिक मितव्ययिता र सामाजिक मर्यादा कायम गर्न सहयोगी भुमिका खेल्ने बताए ।
यसै गरी नेपाली काँग्रेसका रोहीणी पोख्रेलले निर्वाचनलाइ भय रहित र मर्यादित बनाउन आचारसंहिताको परिपालन जरूरी रहेको र यसको पालनामा पार्टीहरू आफै जिम्मेवारी रहनु पर्ने बताए । यस नगरपालिकामा हाल सम्म निर्बाचन आचार संहिताको पालना सन्तोषप्रद नै रहेको र यो परिपालनालाइ निर्वाचन सम्मनै कायम गर्नु पर्नेमा उनले जोड दिए ।
सहायक निर्वाचन अधिकृतको अगुवाइमा सुरक्षा निकायका प्रतिनिधिहरू सहित आचार संहिता पालनाको अनुगमन हुने र अनुगमनको क्रममा आचार संहिताको उल्लंघन हुन गएको देखिएमा सम्बन्धित उम्मेदवारलाइ सम्झाइ बुझाइ गर्ने तथा आवश्यक परेमा त्यस्ता खालका क्रियाकलाप लाइ तत्कालै रोक्ने र त्यसो गर्दा पनि सम्भव नभएमा सम्बन्धित उम्मेदवार तथा पार्टीलाइ आवश्यक कारबाहि गर्न निर्बाचन कार्यालयमा लेखि पठाइने सप्तकोशी नगरपालिकाका निर्बाचन अधिकृत विष्णु निरौलाले बताए । ‘आचार संहिता पालनाको बिषयमा निरन्तर अनुगमन भइरहेको छ र सो को उल्लंघन भएको पाइएमा तत्क्षण आवश्यक कारबाहि पनि गरिएको छ र यस सर्बदलिय बैठकका निर्णयले सबै पार्टीहरूलाइ जिम्मेवार र जवाफदेही बनाउन प्रभावकारी होला भन्ने अपेक्षा गरेका छौ’ निर्बाचन अधिकृत निरौलाले भने ।
निर्बाचन लाइ निष्पक्ष र भयरहित तवरमा सम्पन्न गर्न निर्बाचन आयोगले निर्बाचन आचार संहिता २०७८ जारी गरेको छ जसमा निर्बाचनको समयमा उम्मेदवार तथा पार्टीहरूले पालना गर्नु पर्ने विभिन्न विषय वस्तु समेटेको छ ।
निर्बाचन अधिकृतको कार्यालयमा बसेको उक्त बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा समाजवादी, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल तथा नेपाल प्रहरीका प्रतिनिधिको उपस्थिति रहेको थियो ।