• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र २५
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home राजनीति

साना दलको गुनासोः आचारसंहिता पालना भएन

हरि खरेल by हरि खरेल
May 8, 2022
in राजनीति, स्थानीय समाचार
A A
0
साना दलको गुनासोः आचारसंहिता पालना भएन
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । स्थानीय तह निर्वाचन आउन ५ दिन मात्रै बाँकी छ । विभिन्न राजनीतिक दलहरु यतिबेला चुनाव प्रचार प्रसार र घरदैलो कार्यमा व्यस्त रहेका छन् । शुक्लागण्डकीमा पनि पछिल्लो समय राजनीतिक सरगर्मी बढेको छ । यस बिच ठूला राजनीतिक पार्टीहरुले चुनाव प्रचार प्रसार गर्दा आचरसंहिताको उलङ्घन गरेको साना रजनीतिक दलका प्रनितनिधिले गुनासो गरेका छन् । आईतबार नगरपालिका भएको सर्वदलीय बैठकमा साना राजनीतिक दलका प्रतिनिधिहरुले ठुला राजनीतिक दलबाट आचारसंहिता उलङ्घन गरेको आरोप लगाएका थिए ।

सर्वदलिय बैठकमा बोल्दै जनता समाजवादी पार्टी प्रतिनिधि देउनारायण श्रेष्ठले ठुला राजनीतिक दलले आचारसंहिता उलङ्घन गरेको आरोप लगाए । ‘निर्वाचन आचरसंहितामा सिमित सवारी साधन प्रयोग गर्ने, सार्वजनिक ठाउँमा राजनीतिक दलका झण्डा राख्न नपाउने, ३०० मिटर दुरी आसपासमा चुनाव प्रचारप्रसार गर्न नपाउने लगाउतका थुप्रै कुराहरु उल्लेख गरेको छ । तर ठुला राजनीतिक दलका नेताहरुले आचारसंहिता उल्लङ्घन गरि चुनाव प्रचार प्रसार गर्नुभएको छ । म सबैलाई हात जोरी बिन्ति गर्दछु आचारसंहिता उल्लङ्घन नगरिदिनुस्’ उनले भने ।

यसै गरि कार्यक्रममै बोल्दै समुन्नत लोकतान्त्रीक पार्टीबाट मेयर पदका उम्मेद्वार रहेका जगदिस काफ्लेले पनि ठुला दलका नेताहरुलाई आचारसंहिता पालना गरि सुध्रन अनुरोध गरे । बैठकमा बोल्दै भने ‘तपाई ठुलादल भन्नेहरुबाटै निर्वाचन आचारसंहिता उल्लङ्घन भएको छ । तपाईहरु सुध्रनु पर्दछ ।’

सर्वदलीय बैठकलाई सम्बोधन गर्दै शुक्लागण्डकी नगरपालिकाका निर्वाचन अधिकृत शरिता राईमाजीले पनि नगरपालिकामा आचार संहिता उल्लङ्घन गरेको सुचनाहरु ध्ेरै आउने गरेको बताईन । उनका अनुसार आचारसंहिता उल्लङ्घन गरेको खबर प्राप्त हुनासाथ नेपाल प्रहरीको सहयोगमा उक्त कार्यलाई रोक लगाईएको छ । ‘तपाईहरु आफैले नगरपालिका र आफ्नो ठाउँको विकास गर्ने भनेर आउनुभएको छ । यहाँहरु ऋाफै जिम्मेवार भईदिनुभयो भने यो समस्या र गुनासोहरु आउदै आउदैन ।’ उनले भनिन् ।

कार्यक्रममै बोल्दै ईलाका प्रहरी कार्यालय बेलचौतारका प्रहरी प्रमुख भोजराज पाण्डेले पनि ¥यालीको क्रममा धेरैले आचारसंहिता र ट्राफिक नियमको उल्लङ्घन गरेको बताए । ‘निर्वाचनको यो समयमा ¥याली गर्न बाईक चलाएर सहभागि हुनेहरुले जहाँ प्रहरी र आम सर्वसाधरण छन् त्याही हर्न बजाउने, आवाज बढी निकाल्ने गर्नुभएको छ । यसरी कसैले पनि भोट दिदैनन् । साथै ¥यालीमा हिड्ने अधिकांशले हेल्मेटको समेत प्रयोग गर्नुभएको छैन् । तपाई सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरुलाई म यही अनुरोध गर्दछु । आचारसंहिता पालना गर्नुस्’ उनले भने ।

आज भएको सर्वदलिय बैठकमा सवारी पासको व्यवस्था, आचारसंहिता पालना गर्न, राजनीतिक दलका प्रतिनिधिलाई प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न र मौन अवधिमा चुनावी प्रचार प्रसारलाई रोक गर्ने बिषयमा छलफल भएको थियो । जहाँ नगरप्रमुखले र उप्रमुखले एउटा चारपाङ्ग्रे हलुका सवारी नगरभरी र वडाका प्रतिनिधिहरुले दुईपाङ्ग्रे सवारीको पास पाउने भएका छन् । अपाङ्ग नागरिकको हकमा निर्वाचन अधिकृतको कार्यालय शुक्लागण्डकीले २८ गते भित्र कसरी मतदान केन्द्रसम्म पु¥याएर मतदान गर्ने वातावरण तयार गर्ने भन्ने विषयमा निर्णय गर्ने बताएको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.