दमौली । नेपाली कांग्रेसका सभापति एवम् नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन सरकार अहिलेको राष्ट्रिय आवश्यकता रहेको बताएका छन् । शनिबार दमौलीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले राष्ट्रिय आवश्यकताको रुपमा रहेको गठबन्धनलाई सफल पार्न सबैलाई आग्रह पनि गरे ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रलाई स्थानी बनाउन गठबन्धनलाई बचाउनुपर्ने बताए । गठबन्धन सरकार आएपछि आफुबाहेक अरुलाई चल्नै नदिने र तानाशाहि प्रवृत्तिका केपि ओलिको कार्यशैलीबाट नेपाली जनताले मुक्ति पाएको बताए ।
देशको समग्र विकास गर्नका निम्ति गठबन्धन सफल बनाउनुपर्ने प्रधानमन्त्री देउवाको भनाई छ । ‘गठबन्धनलाई सफल पार्नुपर्छ र सफल पार्ने छौ । स्थानीय प्रदेश र केन्द्रमा समेत गठबन्धनलाई सफल बनाएर छाड्ने छौं । अनेक प्रकारले गठबन्धनलाई असफल पर्ने तत्वहरु लगिरेका छन् । कुनैपनि हालतमा गठबन्धनलाई सफल पार्ने एउटामात्र उद्देश्य नेपाली कांग्रेसको छ । प्रजातन्त्रलाई स्थानी बनाउन गठबन्धनलाई बचाउन आवश्यक छ’ प्रधानमन्त्री देउवाले बताए ।