दमौली । जिल्लाको देवघाट गाउँपालिकामा एक महिला वडा सदस्यका लागि निर्विरोध निर्वाचित भएकी छिन् । निर्विरोध निवाचित हुनेमा देवघाट गाउँपालिका–३ को दलित महिला सदस्य पदका लागि उम्मेद्वारी दिएकी ४१ वर्षीया मनमाया विक रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
निर्वाचन कार्यालय तनहुँका अनुसार उक्त वडामा कुनै दलबाट पनि दलित महिला सदस्यको लागि उम्मेद्वारी नपरेको हुदाँ निर्विरोध निर्वाचित भएकी हुन् । यो संगै विक तनहुँ जिल्लामा स्थानीय तह निर्वाचन–२०७९ को पहिलो निर्विरोध निर्वाचित वडा सदस्य बनेकी छिन् ।