दुलेगौंडा । स्थानीय तहको निर्वाचनमा शुक्लागण्डकीमा गठबन्धनबाट नगरको प्रमुख र उपप्रमुखमा उम्मेद्वारी दिएका कृष्णराज पण्डित र खुम बहादुर बिक (राजु)ले शहिद कृष्णप्रसाद पौडेलको शालिक अगाडी उभिएर तलब भत्ताको रकम नलिने घोषणा गरेका छन् ।
शुक्लागण्डकीमा गठबन्धन भएपछि कांग्रेसबाट मेयरका उम्मेद्वारी दिएका पण्डित र माओवादी केन्द्रबाट उपमेयर पदको लागि उम्मेद्वारी दिएका वि.कले संयुक्त रुपमा आफुहरुले प्राप्त गर्ने रकम गरिब, दुखि जनताको लागि खर्च गर्ने घोषणा गरेका थिए । बिहीबार बिहान ढोरबाराही मन्दिरमा दर्शन गरि शहिद कृष्णप्रसाद पौडेलको शालिकमा माल्याणपण गर्दै नेपालको राष्ट्रिय झण्डा अनावरण गरेका थिए । यो संगै गठबन्धनलाई जिताउन आझैदेखि चुनाव प्रचार प्रसार कार्य पनि सुरु गरेका छन् ।
कार्यक्रममा बोल्दै मेयरका उम्मेद्वार पण्डितले शुक्लागण्डकी नगरलाई स्माट सिटी बनाउने, नगर बसको व्यवस्था मिलाउने, फोहोर मैला व्यवस्थापन गर्ने, कृषि कार्यमा जोड दिने लगायतका प्रतिबद्धता पनि व्यक्त गरेका छन् । यसै गरि उपप्रमुखका उम्मेद्वार विकले नगरमा प्रविद्धमैत्री बनाउनुका साथै भ्रष्टचारमुक्त नगर बनाउन निरन्तर लागि पर्ने बताए ।
सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसबाट शुक्लागण्डकी नगरपालिका–८ को वडाध्यक्षको उम्मेद्वारी दिएकी चन्द्रकला भट्टराईले वडामा रहेको अव्यवस्थित वसोवासिलाई व्यवस्थित गर्ने, महिला सशक्तिकरणलाई जोड दिने, खानेपानीको पहुँच वृद्धि गर्ने लगायतका प्रबिद्धता व्यक्त गरेकी थिईन् ।
नेपाली कांग्रेस शुक्लागण्डकी नगरपालिका–८ का वडा सभापति सुरेन्द्र सेन ठकुरीले कार्यक्रमको व्यवस्थापन गरेका थिए ।