दुलेगौंडा । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेद्वारीको मनोनयन दर्ता कार्य सक्किएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिकाको मेयर पदका लागि विभिन्न ८ राजनीतिक दल र एक स्वतन्त्र गरि ९ जनाले मेयर पदका लागि उम्मेद्वारी दर्ता गरेको शुक्लागण्डकी नगरपालिकाका सहायक निर्वाचन अधिकृत लक्ष्मण लम्सालले जानकारी दिए ।
उनकाअनुसार नेपाल कम्युनिष्ट पार्टी एमालेबाट मुक्ति नाथ तिमिल्सेनाले मेयर पदका लागि उम्मेद्वारी दिएका छन् । यसै गरि नेपाली कांग्रेसबाट कृष्णराज पण्डित, जनता समाजवादी पार्टी नेपालबाट पुण्यबहादुर हिराचन, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) बाट कमल गै्रर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बिष्णुबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, मंगोन नेश्नल अर्गानाईजेसनबाट नमबहादुर राना, उन्नत लोकतन्त्र पार्टीबाट जगदिस काफ्ले उम्मेद्वारी दिएको सहायक निर्वाचन अधिकृत लम्सालले जानकारी दिए ।
यसै गरि मेयर पदका लागि महेश्वर भट्टराईले उम्मेद्वारी दिएका छन् । नपाली कांग्रेसबाट मेयर बन्नलाई आकांक्षा देखाएका भट्टराईले टिकट वितरणमा असन्तृष्ट व्यक्त गर्दै स्वतन्त्रबाट उम्मेद्वारी दिएका हुन् ।