दुलेगौंडा । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको पहिलो र दोस्रो दिन उम्मेद्वारीको मनोनयन दर्ता गरिएको छ । जिल्लाको शुक्लागण्डकी नगरिपलिकाको १२ वटै वडामा नेपाली कांग्रेसले उम्मेद्वारी मनोनयन गरेको छ । यसपटक गठबन्धनपछि कांग्रेबाट मेयरमा कृष्णराज पण्डित र माओवादीबाट उपमेयरमा खुमबहादुर विक (राजु)ले उम्मेद्वारी दिएका छन् ।
शुक्लागण्डकी नगरपालिका–१ को वडाध्यक्षमा पुनः रबिचन्द्र पौडेलले उम्मेद्वारी दिएका छन् । वडा सदस्यका लागि कृष्णबहादुर गुरुङ, जब्बर महमद मियाँ, लक्ष्मी भण्डारी र विष्णुमाया वि.कले उम्मेद्वारी दर्ता गराए ।
वडा नं २ को वडाध्यक्षमा सुमनबहादुर राना र वडा सदस्यहरुमा बासुदेव खनाल, इन्दिरा पौडेल, कमला दमै, अमृतबहादुर थापाले मनोनयन दर्ता गराएका छन् ।
वडा नं ३ को वडाध्यक्षमा सचिन भुजेल र सदस्यहरुमा केशरबहादुर थापा मगर, विजय श्रेष्ठ, लक्ष्मी सुनार र उमादेवी सुवेदीले उम्मेद्वारी दर्ता गरेका छन् ।
त्यस्तै, वडा नं ४ को वडाध्यक्षमा राजकुमार वाग्ले (राजु), वडा सदस्यहरुमा मदन श्रेष्ठ, मिना रोका सुनार, मिठु थापा र महिम ज्वारचन, वडा नं ५ को वडाध्यक्षमा हरिराज अधिकारी, वडा सदस्यहरुमा हरि भण्डारी, धनबहादुर राना, तायरा खातुन, अमृता नेपाली, वडा नं ६ को वडाध्यक्षमा रबि केसी, वडा सदस्यहरुमा बिमल राना, सुनिल परियार,जौैमाया वि.क र कमला दर्जी, वडा नं ७ को वडाध्यक्षमा खड्ग सिं थापा र सदस्यहरुमा राजबहादुर थापा, सीता कुमारी शाही, मोतिराज गुरुङ र टीकिमाया सुनार , वडा नं ८ को वडाध्यक्षमा चन्द्रकला भट्टराई र वडा सदस्यमा रोमबहादुर सिं ठकुरी, लोकबहादुर गुरुङ, डम्बरकुमारी भट्टराई र सिर्जना वि.कले मनोनयन दर्ता गराएका छन् ।
त्यसैगरी वडा नं ९ को वडाध्यक्षका लागि मुक्ति सापकोटा, वडा सदस्यमा खेमराज सुवेदी, मननारायण श्रेष्ठ, विन्दु महत थापा र शान्ति वि.क, वडा नं १० को वडाध्यक्षमा विक्रम खाँड ठकुरी, सदस्यमा बिमल राना, तिलादेवी राना, टीकामाया थापा र बिनु वि.क, वडा नं ११ को वडाध्यक्षमा रविन्द्र विक्रम थापा, वडा सदस्यमा दीपक घिमिरे, गिरीराज थापा,कल्पना मल्ल र पुतली दर्नाल, वडा नं १२ को वडाध्यक्षमा गजबहादुर गुरुङ, सदस्यमा रुविना गुरुङ, प्रितम श्रेष्ठ, बुद्धसिं गुरुङ र अनिता वि.कले उम्मेद्वारी दिएका छन् ।