दुलेगौंडा । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको पहिलो र दोस्रो दिन उम्मेद्वारीको मनोनयन दर्ता गरिएको छ । जिल्लाको शुक्लागण्डकी नगरिपलिकाको १२ वटै वडामा नेकपा एमालेले उम्मेद्वारी मनोनयन गरेको छ । यसपटक नेकपा एमालेबाट मेयरमा मुक्ति तिमिल्सेना र उपमेयरमा फुलमाया वाग्लेले उम्मेद्वारी दर्ता गराएका छन् ।
शुक्लागण्डकी नगरपालिका–१ को वडाध्यक्षमा रघुनाथ पौडेलले उम्मेद्वारी दिएका छन् । उनिसंगै वडा सदस्यमा हिमकुमारी कामी, सिता कुवर, मसिम मिया र नरजन गुरुङले उम्मेद्वारी दिएका छन् ।
यसै गरि शुक्लागण्डकी नगरपालिका–२ को वडाध्यक्षमा तिर्थराज खनाल साथै वडा सदस्यमा कमला धमला पौडेल, रिता नेपाली, भगवान पुनर मानबहादुर पुलामिले उम्मेद्वारी दर्ता गराएका छन् ।
नगरको वडा नम्बर ३ को वडाध्यक्षमा राजन रिमालले उम्मेद्वारी दर्ता गराएका छन् । उनीसंगै वडा सदस्यमा मिन बहादुर सुर्वर्णकार, सुभद्रा लम्साल, रुपमा थापा र नुनमाया सुनारले उम्मेद्वारी दर्ता गराएका छन् ।
शुक्लागण्डकी नगरपालिका–४ को वडाध्यक्षमा बिष्णुबहादु राना मगर, वडा सदस्यमा सर्मिला श्रेष्ठ, मनिसा वि.क, प्रकाश लामिछाने र पदमबहादुर बानियाँले उम्मेद्वारी दर्ता गराएका छन् ।
शुक्लागण्डकी–५ को वडाध्यक्षमा पुनः दीर्घबहादुर थापाले उम्मेद्वारी दिएका छन् । वडामा थप अधुरा काम गर्न बाँकी रहेको हुदाँ पुनःउम्मेद्वारी दिएका बताए । उनि संगै वडा सदस्यमा धनेश्वर श्रेष्ठ, सिता तिमिल्सेना, ज्योती विक र सायरा बानुले पनि उम्मेद्वारी दर्ता गराएका छन् ।
शुक्लागण्डकी नगरपालिका–६ मा २०७४ को स्थानीय तहको निर्वाचनपछि वडा सदस्य रहेका बुद्धिबहादुर थापाले यसपटक वडाध्यक्षमा उम्मेद्वारी दिएका छन् । उनि संगै वडा सदस्यमा बिमला पौडेल, धक्तबहादुर राना, कुलकुमार कुमाल र सितादेवी विकले उम्मेद्वारी दिएका छन् ।
शुक्लागण्डकी नगरपालिका–७ को वडाध्यक्षमा प्रेमबहादुर श्रेष्ठले उम्मेद्वारी दिएका छन् । श्रेष्ठसंगै वडा सदस्यमा गिरबहादुर थापा, शारदा ढकाल, किसान गुरुङ र बबिता विकले उम्मेद्वारी दिएका छन् ।
शुक्लागण्डकी नगरपालिका–८ मा नेकपा एमालेबाट नारायण सिंग थापाले वडाध्यक्षको लागि उम्मेद्वारी दर्ता गराएका छन् । उनि संगै वडा सदस्यमा दिलमाया कुमाल, बिष्णु वि.क, अशोक महत र सुवेदार मानबहादुर क्षेत्रीले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् ।
शुक्लागण्डकी नगरपालिका–९ को वडाध्यक्षमा धनबहादुर थापा (बाबुराम)ले उम्मेद्वारी दर्ता गराएका छन् । थापासंगै वडा सदस्यमा बुद्धिमाया गुरुङ, दिपक महत, सुनिता सुनार र कमल थापाले उम्मेद्वारी दिएका छन् ।
नगरको वडा नम्बर १० मा केशब थापाले वडाध्यक्ष पदका लागि उम्मेद्वारी दिएका छन् । उनि संगै वडा सदस्यमा कुश्माखर खत्री, चित्रबहादुर कुमाल, पवित्रा राना र पे माया वि.कले उम्मेद्वारी दिएका छन् ।
शुक्लागण्डकी नगरपालिका–११ को वडाध्यक्षमा शालिगराम भट्टराईले उम्मेद्वारी दिएका छन् । शुक्लागण्डकी नगरपालिका–३ को वडासचिवमा रहेका भट्टराईले वडासचिव पद राजिनामा दिई वडा नम्बर ११ को वडाध्यक्ष पदको लागि उम्मेद्वारी दिएका हुन् । उनि संगै वडा सदस्यमा बिरबहादुर दमै, खगराज सिग्देल, डोलमाया गुरुङ र संगिता विकले उम्मेद्वारी दिएका छन् ।
शुक्लागण्डकी–१२ मा नेकपा एमालेबाट ईन्द्र गुरुङले वडाध्यक्ष पदका लागि उम्मेद्वारी दिएका छन् । उनि संगै वडा सदस्यमा ठुलमाया गुरुङ, सरिता राई विक, चेतबहादुर गुरुङ र मानबाहादुर कुवरले उम्मेद्वारी दर्ता गराएका छन् ।