दुलेगौंडा । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेद्वारी मनोनयन दर्ता सुरु भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिकामा मनोनयन दर्ताको पहिलो दिन दुई मेयर सहित ६ जनाले मनोनयन दर्ता गरेका छन् ।
मेयर पदका लागि आईतबार मंगोल नेशनल अर्गनाइजेसनका नमबहादुर थापा र उन्नत लोकतन्त्र पार्टीका जगदीश काफ्ले मनोनयन दर्ता गरेका छन् ।
यस गरि मंगोल नेशनल अर्गनाइजेसनबाट शुक्लागण्डकी नगरपालिका–६ को वडाध्यक्षको लागि फडिन्द्रबहादुर राना र महिला वडा सदस्यको लागि बसन्ति रानाले मनोनयन दर्ता गरेको सहायक निर्वाचन अधिकृत लक्षमण लम्सालले जानकारी दिए । उनका अनुासर शुक्लागण्डकी–७ को वडाध्यक्षमा तुलसीप्रसाद पौडेल र शुक्लागण्डकी–११ को वडाध्यक्षमा सन्तोष मल्लले स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।
स्थानीय तह सदस्य निर्वाचनको पहिलो र दोस्रो उम्मेद्वारको मनोनयन पत्र दर्ता गर्नेछ । उक्त मनोनयन विहान १० बजेदेखि बेलुका ५ बजेसम्मा मात्र निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गर्न सकिनेछ ।