दुलेगौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शुक्लागण्डकीले बुधबार मोटरसाईकल ¥याली गर्दै शक्ति प्रर्दशन गरेको छ । निर्वाचनको समय नजिकिर्दै गर्दा राप्रपाले उक्ता ¥याली निकालेको हो ।
शुक्लागण्डकी नगरपालिकालाई राप्रपामय बनाउन उक्त ¥याली निकालिएको राप्रपाका नगर अध्यक्ष याम बरालले जानकारी दिए । ‘शुक्लागण्डकी नगर पालिकालाइ राप्रपा मय बनाउने, मेयर, उपमेयर लगायत सबै वडामा राप्रपालाई जिताउने अभियान रहेको छ’ उनले भने । नगर अध्यक्ष बरालका अनुसार बुधबार नै राप्रपाले आफ्नो घोषण पत्र पनी सार्वजनिक गरेको छ ।
खैरेनीटारदेखि सुरु गरेको मोटरसाईकल ¥याली दुलेगौंडा, ढोरफिर्दी, भोटेपानी, स्याउलीबजार हुर्दै नगरको पार्टी कार्यालय बेलचौतारमा आएर समापन गरिएको थियो ।