दुलेगौंडा–आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा शुक्लागण्डकी नगरपालिकाको नगर प्रमुख पदमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट आशा कोईरालालाई सिफारिस गरिएको छ ।
शुक्लागण्डकी नगर समिति कार्यलयको शनिवार बसेको बिस्तारित बैठकले माओबादी केन्द्रबाट कोईरालाई सर्वसम्मत सिफारीस गरिएको माओवादी केन्द्रका नगर सदस्य नारायण पोख्रेलले जानकारी दिए । कोईराला माओवादी केन्द्रको केन्द्रिय सदस्य एवम् गण्डकी प्रदेश सभा सदस्य पनि रहेकी छिन् ।