दुलेगौंडा । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा शुक्लागण्डकी नगरपालिकाको नगर प्रमुख पदमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट ३ जना सिफारिस भएका छन् ।
एमालेबाट मेयर पदमा ५ जनाको आकांक्षी रहेको हुदाँ विहीबार मतदान गरेर ३ जनाको नाम सिफारिस गरेको नगर सदस्य सुरेन्द्र तामाङले जानकारी दिए । नगर प्रमुख पदमा सविता रसाईलि, श्यामराजा महत र मुक्ति तिम्लिसिना सिफारिस भएका छन् । जहाँ रामचन्द्र उपाध्याय र देवलाल खनाल नगर प्रमुखको सिफारिस हुनबाट बाहिरिएका छन् ।
यसै गरि नगरको उप–प्रमुखमा हर्क गुरुङ, विष्णुमाया पराजुली र फूलमाया वाग्ले र कमल ढकाल आकांक्षी रहेका थिए । सर्वसम्मत सिफारीस गर्न नसकिने भएपछि मतदान गर्दा कम मत प्राप्त गर्दै कमल ढकाल उप–प्रमुख हुने सिफारिसबाट बाहिरिएको सदस्य तामाङले बताए ।