दुलेगौंडा । शुक्ला साहित्य सङ्गम तनहुँले शनिबार चार जना साहित्यकारलाई शुक्ला साहित्य पुरस्कार सहित सम्मान गरेको छ । सङ्गमको १८० औं काव्य शृङ्खला तथा स्रष्टा सम्मान कार्यक्रम मार्फत नेपाली भाषा र साहित्यको क्षेत्रमा चालेको कदमको उच्च मूल्याङ्कन गर्द उक्त पुरस्कार प्रदान गरेको थियो ।
शुक्ला साहित्य सङ्गमको सबैभन्दा ठूलो पुरस्कार शुक्ल विशिष्ट पुरस्कारबाट बिम्ब कवि रमेश श्रेष्ठ सम्मानित भएका छन् । उनल सम्मान पत्र सहित २५ हजार रुपैया प्राप्त गरेका थिए ।
शुक्ला पुरस्कारबाट साहित्यकार जनार्दन दाहाल सम्मानित भएका छन् । उनले कार्यक्रममा सम्मान पत्र सहित नगद १० हजार रुपौंया प्राप्त गरेका थिए ।
यस्तै गरि शुक्ला प्रतिभा पुरस्कारबाट साहित्यकार अनिल श्रेष्ठ सम्मानित भएका छन् । श्रेष्ठले सम्मान पत्र सहित नगद ५ हजार रुपौंया प्राप्त गरेका थिए ।
शुक्ला बाल प्रतिभा पुरस्कारबाट बाल साहितयकार अनुप लामिछाने सम्मानित भएका छन् । सानो उमेरमै कला र साहित्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान कदर गर्दै बाल प्रतिभा पुरस्कारले सम्मान गरिएको हो । उनले सममान पत्र सहित नगद २ हजार ५ सय रुपौंया प्राप्त गरेका थिए ।
सोही अवसरमा संस्थामा आबद्ध भएर कृति प्रकाशन गरेका नारायणकैलाश सिग्देल, आकाश अधिकारी, जुनु खड्का, टुकादेवी आचार्य, जीवन सागर, टीकाराम पौडेल र शेषमणि आचार्यलाई पनि सम्मान गरिएको थियो ।
शुक्ला साहित्य सङ्गमका कार्यकारी अध्यक्ष रामशरण गैह्रेको सभापतित्वमा सम्पन्न कार्यक्रमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बरिष्ट साहित्यकार सरुभक्त श्रेष्ठ, संस्थाका संरक्षक शेषमणि आर्चाय, साहित्यकार रुपिन्द्र प्रभावी जोशी लगायतको उपस्थिती रहेको थियो ।