कोत्रे । आगामी वैशााख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिएसंगै विभिन्न स्थानीय तहमा उम्मेद्वारी दिनेहरुको चर्चा चुलिदो छ । विभिन्न राजनीतिक दलमा आबद्ध नेताहरुले अबको ५ बर्ष आफ्नो क्षेत्रको विकास गर्नका लागि विभिन्न पदमा आकांक्षा व्यक्त गर्नेहरुको सख्या पनि बढ्दो क्रममा रहेको छ । यसै बिच तनहुँको शुक्लागण्डकी नगरपालिका–२ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय लोकदोहोरी गायक समेत रहेका शंकर पन्तले पनि उम्मेद्वारी दिने भएका छन् ।
विगतमा विभिन्न राजनैतिक दलका नेताहरुलाई जिताएर पठाएपनि आफ्नो क्षेत्रको विकास सोचे अनुरुप हुन नसक्दाँ आफुले उमेद्वारी दिने बताएका छन् । ‘विगतामा हाम्रो क्षेत्रको विकास गर्न विभिन्न दलका नेतालाई जिताएर पठाएको हो । तर पनि विकास स्थिती लेखाजोखा गर्ने हो भने आहा भन्ने केही पनि छैन्’ उनले भने, ‘शुक्लागण्डकी नगरपालिका सबैभन्दा बढी आयस्रोत हुने वडा पनि हाम्रै वडा हो । तै पनि विकासको स्थिती हेर्दा पनि हाम्रै वडा पछि परेको देख्दा अब वडाको विकास गर्न पार्टीले मलाई वडाध्यक्षको रुपमा छनेट गरेको हुदाँ स्थानीय तहको निर्वाचनमा सहभागि भई वडाको नेतृत्व गर्नेछु ।’
विगत १० बर्ष अगाडीदेखि लोकदोहोरीको क्षेत्रमा पाईला चाल्दै आएका पन्तले यस पटक वडाध्यक्षको रुपमा आफुलाई उभ्याउने बताएका छन् । ‘मेरा कतिपय गितमा स्थानीय क्षेत्रका समस्यालाई चित्रण गर्दै नेतृतव तहलाई झकझकाई रहन्थे । तर पनि अवस्था परिर्वतन नभएको हुदाँ आफैले उम्मेद्वारी दिएर आफ्नो क्षेत्रको विकास गर्ने सोचले अगाडी बढेको छु’ उनले भने ।
पन्त विगत लामो समयदेखी लोकदोहोरी संगसंगै राजनीतिक, व्यवसायीक र सामाजिक क्षेत्रमा सक्रिय रहदै आएका छन् । वडाध्यक्षको उम्मेद्वारी दिन लागेका पन्तले शुक्ला न्यूजसंगको कुराकानिमा भने ‘वडाको समग्री विकासका लागि मेरो उम्मेद्वारी रहने छ । अब केही समयमा नै एजेण्डा सहित घोषण पत्र प्रकाशन गरि जनता माझ जानेछु ।’