दुलेगौँडा । नेकपा एमालेका पुराना नेता एवं साहित्यकार शेषमणि आचार्यले आगामी स्थानीय तहको निर्वाचनमा मेयरमा उठ्ने बताएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आचार्यले शुक्लागण्डकी नगरपालिकाको मेयरमा उम्मेदवारी दिने उल्लेख गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्ः ‘मेरो आज दिनभरिको निष्कर्ष, मैले शुक्लागण्डकी नगरपालिकाको मेयरमा उम्मेदवारी दिनुपर्छ । दिनेछु ।’
उनले किन मेयरमा उम्मेद्वार दिदै छु भन्ने कुरा कारणसहित घोषणापत्र तयार गरी केही दिनमा सार्वजनिक गर्ने बताएका छन् । आचार्यले आफ्नो उम्मेदवारी एक सुसंस्कृत, सम्पन्न, आकर्षक, लोभलाग्दो, समतामूलक गाउँमा समाजवादको अवधारणामा आधारित हुने बताएका छन् । उनले थप लेखेका छन् ‘कुनै गुनासो विनाको,कुनै तडकभडक विनाको, कुनै आडम्बर विनाको, समाजको निम्ति समाजवादको मौलिक प्रयोगको निम्ति म उपस्थित हुने सोच राखेको छु,के छ सुझाव यहाँकोरु’उनले शुभचिन्तकसंग राय मागेका छन् ।