दुलेगौंडा । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि विभिन्न राजनैतिक दलहरुमा पदको लागि आकांक्षा दिनेको संख्या बढ्दै गएका छन् । जस अन्र्तगत तनहुँको शुक्लागण्डकीका १२ वटा वडामा नेपाली कांग्रेसबाट ५२ जनाले वडाध्यक्षको आकांक्षा व्यक्त गरेका छन् ।
नगरको शुकलागण्डकी नगरपालिका– १ मा कांग्रेसका इमान सिङ गुरुङ, विष्णुहरि पन्थी, मुनीराज गुरुङ, युवराज खनाल, रविचन्द्र पौडेल र शम्शेरबहादुर गुरुङले आकांक्षा व्यक्त गरेका छन् । यसै गरी शुक्लागण्डकी–२ मा सुमन राना सर्वसम्मत रुपमा वडाध्यक्षको दाबेदार रहेको नेपाली कांग्रेसका नगर सह–सचिव भीष्म श्रेष्ठले बताए ।
शुक्लागण्डकी नगरपालिका–३ को वडाध्यक्षमा दिपेन्द्र पौडेल, युवराज श्रेष्ठ र सचिन भुजेलले आकांक्षा व्यक्त गरेका छन् । यसै गरी गरको वडा नम्बर ४ मा ८ जनालो आकांक्षा व्यक्त गरेका छन् । जसमा प्रकाश थापा, महिप ज्वारचन, राज कुमार वाग्ले, राजुराम श्रेष्ठ, रोजिना खातुन, शिव कुमार श्रेष्ठ, सन्तोष श्रेष्ठ र ज्ञान प्रसाद भण्डारी रहेका छन् ।
शुक्लागण्डकी नगरपालिका–५ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट बालकृष्ण पौडेल, भगवती लामिछाने(वस्ताकोटी), शिव माया थापा, हरि प्रसाद भण्डारी र हरिराज अधिकारीले आकांक्षा व्यक्त गरको नगर सह–सचिव श्रेष्ठले बताए । यसै गरी वडा नम्बर ६ मा रवि केसी, सरिता राना र केशव पौडेल र वडा नम्बर ७ मा समुन्द्रराम श्रेष्ठ, खड्क सिङ थापा, ईश्वर शर्मा, श्रीराम राना र पुष्पा ढकाल रहेका छन् ।
शुक्लागण्डकी नगरपालिका–८ मा १२ जनाले वडाध्यक्षको लागी आकांक्षा व्यक्त गरेका छन् । जसमा ऋषिराम महत, कमल भट्टराई, कृष्ण प्रसाद भट्टराई, कृष्ण प्रसाद रेग्मी, चन्द्रकला भट्टराई, पिताम्बर खाती, बिपिन्द्र सेन ठकुरी, याम प्रसाद भट्टराई, लेख बहादुर शाही, विल बहादुर गुरुङ, विष्णु बहादुर महत र वृद्धि सागर लम्साल रहेको नगर सह–सचिव श्रेष्ठले बताए ।
शुक्लागण्डकी नगरपालिका–९ को वडाध्यक्षमा विनोद राउत, राम प्रसाद पाठक, खेमराज सुवेदी, शिवराज रेग्मी, मुक्तिप्रसाद सापकोटा र विष्णुहरी पाठकले आकांक्षा व्यक्त गरेका छन् । यसै गरी नगरको वडा नम्बर १०, ११ र १२ मा क्रमश ः विक्रम खाड ठकुरी, रवीन्द्र बिक्रम थापा र गजबहादुर गुरूङ सर्वसम्बत रुपमा वडाध्यक्षको रुपमा अगाडी आएको नेपाली कांग्रेस शुक्लागण्डकी नगर कार्यसमितिका सह सचिव भीष्म श्रेष्ठले बताए ।