खैरेनीटार- आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा शुक्लागण्डकी नगरपालिकाको नगर प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तीन जनाले आकांक्षा व्यक्त गरेका छन् ।
नगर प्रमुख पदको लागि राप्रपाका नगर अध्यक्ष याम बराल, नगर सदस्य मनोज घिमिरे र बिष्णु थापा आकांक्षी रहेको राप्रपाका जिल्ला सदस्य दुर्गाप्रसाद कोईरालाले जानकारी दिए । यसै गरि नगरको उपमेयर पदमा राप्रपा शुक्लागण्डकीको सह–सचिव कला राईलाई सर्वसम्मत छनोट गरिएको छ ।