दुलेगौंडा । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि विभिन्न राजनैतिक दलहरुमा पदको लागि आकांक्षा दिनेको संखया बढ्दै गएका छन् । नेपाली कांग्रेसबाट शुकलागण्डकी नगरपालिकाको मेयरमा दश र उपमेयरमा नौ जनाले आकांक्षा व्यक्त गरेका छन् ।
मंगलबार दुलेगौंडामा भएको भेलमा कृष्ण राज पण्डित, प्रा डा कृष्ण प्रसाद गौतम, भक्त बहादुर श्रेष्ठ, सन्तोष घिमिरे, खेमराज अधिकारी, महेश्वर भट्टराई, श्रीराम सुवेदी, हरि वाग्ले, माधव भट्टराई र किसान गुरुङले मेयर पदका लागि आकांक्षा व्यक्त गरेका छन् । यसै गरि उप–मेयरमा तारा अधिकारी, चन्द्रकला भट्टराई, टिका माया पौडेल, पम्फा थापा, प्रकाश विक, कृष्ण प्रसाद रेग्मी, रेशमलाल पौडेल र विना खनालले आकांक्षा व्यक्त गरेका छन् ।
मेयर र उपमेयर पदमा आकांक्षा व्यक्त गरेका पदाधिकारीको नाम नेपाली कांग्रेस शुक्लागण्डकी नगर कार्यसमितीको बुधबार बस्ने भेलाले संसदिय समितिमा पठाईने नगर सह–सचिव भीष्म श्रेष्ठले जानकारी दिए । ‘नगरले कसैलाई हट भन्दैन । आकांक्षी आफैले उम्मेद्वारी हटाउन चाहान्छन् भने भोलि (बुधबार) सम्म हटाउन सक्छन् । यदि त्यसो भएन भने भोलि कांग्रेसको पदाधिकारीको बैठकले संसदिय समितिमा नाम पठाईने छ’ उनले भने ।