भिमाद । तनहुँ आइ.टि.एफ तेक्वान्दो संघले जिल्लाभित्र तेक्वन्दो खेलमा संलग्न रहेका खेलाडीको कलर बेल्ट ग्रेडिङ गरेको छ । शनिबार भिमादमा एक कार्यक्रमका बिच खेलाडीको कलर बेल्ट ग्रेडिङ गरेको हो ।
कार्यक्रममा एक्ले खेत तेक्वान्दो एकेडेमी, शुक्लागण्डकी तेक्वान्दो एकेडेमी, भिमाद तेक्वान्दो एकेडेमी र ऋषिङ्गपाटन तेक्वान्दो एकेडेमीका दुई सय भन्द बढी खेलाडीहरूको कलर ग्रेडिङ भएको थियो । सोही कार्यक्रममा वन्दना तामाङ र अभिषेक पुनलाई ब्ल्याक बेल्ट प्रदान गरिएको थियो भने सर्वोकृष्ट खेलाडी मोनिका कुवंर चयन गरिएको थियो । काठमाडौंमा सम्पन्न गिरिजा प्रसाद कोइराला प्रोफेसनल राष्ट्रिय खेलका विजेता दिनेश बुढा मगरलाई सोही कार्यक्रम बिच सम्मान गरिएको तनहुँ आइ.टि.एफ तेक्वान्दो संघ उपाध्यक्ष उत्तम थापाले जानकारी दिए ।
तनहुँमा पछिल्लो समय आइ.टि.एफ तेक्वान्दो तर्फ युवा पुस्ताको चासो बढ्दो क्रममा रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले बताए । उनका अनुसार आत्मरक्षाका लागि खेलिने यो खेलप्रति राज्यले पनि विशेष चासोका साथ अगाडी बढाउन आवश्यक रहेको बताए ।
तनहुँ तेक्वान्दो एकेडेमीका अध्यक्ष एबम् भिमाद तेक्वान्दो एकेडेमीका मुख्य प्रशिक्षक आकाशचन्द्र घर्तीमगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश तेक्वान्दो संघका वरिष्ठ उपाध्यक्ष अङ्क घर्तीमगर, नगर खेलकुद विकास समिति भिमाद नगरपालिकाका अध्यक्ष प्रेम बहादुर थापा, जनज्योती क्याम्पसका स्ववियु सभापति सुशील श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।