दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका भित्र रहेको दुई व्यवसायिक संस्था एक भएका छन् । शुक्रबार नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बाबुराम गिरी र नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका सदस्य लक्ष्मीप्रसाद त्रिपाठीको उपस्थितीमा दुई संस्था एक भएको हो ।
शुक्लागण्डकी नगर उद्योग बाणिज्य संघ र शुक्लागण्डकी उद्योग बाणिजय संघले एउटै मितीमा दुई महोत्सव आयोजना गर्ने तयारीमा लागेपछि व्यवसायिक संस्था विवाद बनेको थियो । उक्त विवाद समाधान गर्न बिहीबार एकिकरणको प्रयास भएको र शुक्रबार पून बैठक बसेर दुई संस्थालाई एक भएको हो ।
बैठकमा संस्था आधिकारीक मान्ने सवालमा गोलाप्रथा गरिएको थियो । जहाँ अध्यक्ष पाउनेले संस्था नपाउने र संस्था पाउनेले अध्यक्ष नपाउने गरि संस्था एकिकरण गर्ने प्रयास भएको थियो । जस पश्चात गोलाप्रथाबाट शुक्लागण्डकी नगर उद्योग बाणिजय संघ नामकरण भएको छ ।
विसं. २०७६ असार ६ र ३१ गते शुक्लागण्डकी नगर उद्योग बाणिज्य संघ र शुक्लागण्डकी उद्योग बाणिज्य संघ गठन भएको थियो । यो दुबै संस्थाले नगरभित्रका व्यवसायिको हक अधिकारको लागि काम गरेता पनि एक अर्काे बिचमा प्रतिस्पर्धाको भावना रहेको थियो । जन विवाद र प्रतिस्पर्दा शुक्रबार बसेको बैठकले समाधान गरेको छ ।