दुलेगौंडा । सातौँ राष्ट्रिय लोकदोहोरी अवार्ड २०७८ मा गायक शंकर पन्तले ‘म त हजुर गाम्ले’ गीतमार्फत उत्कृष्ट लोक गितको अवार्ड हात पारेका छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानले आयोजना गरेको ‘सातौँ राष्ट्रिय लोक दोहोरी अवार्ड’का लागि पन्तको गित छनोट भएको थियो । उत्कृष्ट लोक गित विधामा ‘म त हजुर गाम्ले’ सहित कृष्ण रेउलेको ‘मालै’, विमल परियारको ‘अधुरो पिरती’, कुशल विश्वकर्माको ‘चौतारीलाई सरर’ र गंगा पुनको ‘माया तिमि मै’ मनोनयनमा थिए ।
खेती किसानीमा जिन्दगी खोज्नेलाई विचौलियाले दिने पिडालाई यस गितले उजागरण गरेको छ । पन्तले अवार्ड प्राप्त गरेपछि आगामी दिनहरुमा पनि गीत संगीतको माध्यमबाट समाजका यथार्थ चित्रण गर्ने बताएका छन् ।
पन्तको ‘स्वास्नी कुटुवा’, ‘बरु मारन’, ‘पृथ्वी नै हल्लिएको हो’, ‘तर्किने माया’, ‘धोको पुगेनर’, ‘हे माया’, ‘कसम मा¥यो मायाले’, ‘गाईको बाच्छी’, ‘तिम्रो विहेको निम्तो’ लगायत केही दशैँ र तीजका गीतहरु बजारमा आईसकेका छन् ।