• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र २६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

मौरी पालनमा रमाएका सोमबहादुर

हरि खरेल by हरि खरेल
February 16, 2022
in स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

कोत्रे । शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतका सोमबहादुर पुलामी विगत २० बर्ष अगाडीदेखि मौरी पालन व्यवसायमा रमाईरहेका छन् । एउटा घारबाट सुरु गरेको मौरी पालन अहिले ४ रोपनि क्षेत्रफलमा सय घारमा बनाईसकेका छन् ।

सानेमा मह खुब मन पराउथे सोमबहादुर । उनिले गाउँतिर मह काट्थे र कसैले दिन्छ कि भनेर आश गर्थे । पछि उनका बुबाले घरमै मौरीको घार ल्याईदिएपछि सोमबहादुर त्यही मौरी संगै भुले । बिस्तारै मैरी संगै खेल्दै खेल्दै एक बाट दुई, दुईबाट चार हुदै २०६५ सालमा ३० घार बनाए । त्यस बेला उनले केही मौरीको घार बेचेका थिए । मौरीको घार बेचेर हातमा पौसा परे पछि मौरी पालनमा थप रुचि बढेको उनको भनाई छ । ‘२०६५ सालमा दुलेगौंडाका देशलाल सरले मौरीको घार माग्नुभयो । मैले केही मौरीको घार उहाँलाई दिएपछि हातमा पैसा प¥र्यो, जे होस कृषकको । हातामा पैसा परे पछि केही चाख लागेर यसलाई अलि निरन्तरता दिउँन त भनेर लाग्दा यो स्थिीतिसम्म आएको छु’ उनले भने ।

सोमबहादुरले मौरीको मह भन्दा बढी मौरी सहितको घार बिक्री गर्दछन् । उनका अनुसार बर्षमा सय वटासम्म मौरीको घार बिक्री गर्दछन् । मौरी सहितको घार बिक्री नभएको अवस्थामा मह उत्पादन गरि बिक्री वितरण गर्ने गरेको पुलामी बताउछन् । ‘घार बिक्री नभएपछि बल्ल हामीले मह उत्पादन गर्दछौ । मह उत्पादन बर्षमा दुई पटकसम्म हुन्छ । एक पटक जेठ असार र अर्को पटक कार्तिक मंसिर, एक पटकमा कम्तिमा तीन पटक सम्म मह काट्न पाईन्छ । ३० वटा घारबाट मह उत्पादन गर्दा त्यही दुई लाख जतिको मह उत्पादन हुन्छ’ उनले भने ।

सोमबहादुरले मौरी पालन सबैभन्दा सजिलो पेसाको रुपमा लिने गर्दछन् । तर पनि, मौरी पालक कृषकलाई मौसम र मलसाप्रोले दुख दिने गरेको उनि बताउछन् । पानी परे पछि मौरी उत्पादनमा कम हुने र मलसाप्रोले मौरीका घारलाई भत्काउने हुदाँ दुख हुने केही सोमबहादुरले बताए । ‘मौरी पालन कृषकलाई मौसमले नै मार्छ । साथै हामीलाई अत्ताउने भनेकै मलसाप्रोले हो । मान्छेले बरु केही नगर्ला, मलसाप्रोले भत्काईदिन्छ, मौरीको चाका सबै खाईदिन्छ, मौरी ध्वस्त गरिदिन्छ । हाम्रो मेन दुस्मन भनेकै मलसाप्रो हुन्छ’ उनले भने ।

सोमबहादुरले मौरी पालनसंगै फर्निचर उद्योग पनि संञ्चालन गरेका छन् । उनले फर्निचर उद्योगमा विशेष गरेर मौरीको घार उत्पादन गर्दछन् । मौरीको घार किन्नलाई धेरै पैसा लाग्ने हुदाँ आफुले जानेको सिपको सदुपयोग गर्दै फर्निचर संञ्चालन गरि घार उत्पादन गर्ने गरेको बताउछन् । २०६५ सालमा न्युटन ‘ए’ मौरीको घारलाई ४५ सयमा बेचेको सोमबहादुरले अहिले न्युटन ‘ए’ र ‘ब’ लाई क्रमश ७५ सय र ९ हजार रुपौयाँमा बेच्ने गरेको बताउछन् ।

सोमबहादुर मोरी पालन पेसाबाट निकै सन्तुष्टि छन् । उनले मह र मौरी सहितको घार बेचेर बर्षमै ६ लाख देखी १५ लाख सम्म बिक्री वितरण गरेको बताउछन् । पछिल्लो समय मौरीको घारको बजार प्रतिशपर्धामा चलेको हुदाँ कृषकहरु मर्कामा परेको बताउछन् । ‘मौरीको घारको बजार अहिले प्रतिशपर्धामा छ । मौरीको घार सस्तोमा भन्दा पनि प्रतिशतमा चल्ने भए । कसैले ५० घार किन्न लाग्नुभयो भने कति प्रसेन्ट पाईन्छ तरु हामी कृषकलाई मार्ने नै त्यसैले हो’सोमबहादुर बताउछन् ।

मौरी पालनमा रमाएका सोमबहादुरले विदेशमा मात्र नभई नेपालमै कर्म गरेर पनि प्रशस्तै आम्दानि लिन सकिने बताउछन् । ‘मानिसहरु विदेश विदेश भन्छन् । विदेश गएर दुनियाले कमाएको छ, ठाउँ राम्रै परेत हो ।तर पनि कति गएर रोएर आएको पनि छ । त्यो त आफ्नो किस्मतको खेल हो विदेश भन्ने । यो भनेको आफ्नो मेहेनतको खेल हो । मेहेनत ग¥र्यो भने सोदेशमा नै हुन्छ’ उनले भने ।

निमुखा कृषकलाई अनुदान भनेको कुन चराको नाम हो भनेर सोध्न पर्ने सोमबहादुर बताउछन् । अनुदान भनेको पहुँच हुनेले खाने हो जस्तो लागेको बताए । ‘अनुदान पनेको कुन चराको नाम हो हामीले देखिएन । अनुदान नपाएरै त हो । पहुँच हुनेले खाँदो रहेछ होला सायद, हामीलाई आयो नआयो केही थाहै हुदैन, हामी काममै बिजि भईन्छ र थाहा हुन्न । थाहा हुदाँ हुदै पनि पर्दैन, किन भने पहुँच चाँहीदो रहेछ अलिकति । हेदै जाम, गर्दै जाम कुनै दिन सरकारले देख्यो भने पाईएला ’उनले भने ।

👉 अन्य सम्बन्धित खबरहरु

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

किन आवश्यक छ कुशे औँशी?

किन आवश्यक छ कुशे औँशी?

September 10, 2026
कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • किन आवश्यक छ कुशे औँशी?
  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.