कोत्रे । शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतका सोमबहादुर पुलामी विगत २० बर्ष अगाडीदेखि मौरी पालन व्यवसायमा रमाईरहेका छन् । एउटा घारबाट सुरु गरेको मौरी पालन अहिले ४ रोपनि क्षेत्रफलमा सय घारमा बनाईसकेका छन् ।
सानेमा मह खुब मन पराउथे सोमबहादुर । उनिले गाउँतिर मह काट्थे र कसैले दिन्छ कि भनेर आश गर्थे । पछि उनका बुबाले घरमै मौरीको घार ल्याईदिएपछि सोमबहादुर त्यही मौरी संगै भुले । बिस्तारै मैरी संगै खेल्दै खेल्दै एक बाट दुई, दुईबाट चार हुदै २०६५ सालमा ३० घार बनाए । त्यस बेला उनले केही मौरीको घार बेचेका थिए । मौरीको घार बेचेर हातमा पौसा परे पछि मौरी पालनमा थप रुचि बढेको उनको भनाई छ । ‘२०६५ सालमा दुलेगौंडाका देशलाल सरले मौरीको घार माग्नुभयो । मैले केही मौरीको घार उहाँलाई दिएपछि हातमा पैसा प¥र्यो, जे होस कृषकको । हातामा पैसा परे पछि केही चाख लागेर यसलाई अलि निरन्तरता दिउँन त भनेर लाग्दा यो स्थिीतिसम्म आएको छु’ उनले भने ।
सोमबहादुरले मौरीको मह भन्दा बढी मौरी सहितको घार बिक्री गर्दछन् । उनका अनुसार बर्षमा सय वटासम्म मौरीको घार बिक्री गर्दछन् । मौरी सहितको घार बिक्री नभएको अवस्थामा मह उत्पादन गरि बिक्री वितरण गर्ने गरेको पुलामी बताउछन् । ‘घार बिक्री नभएपछि बल्ल हामीले मह उत्पादन गर्दछौ । मह उत्पादन बर्षमा दुई पटकसम्म हुन्छ । एक पटक जेठ असार र अर्को पटक कार्तिक मंसिर, एक पटकमा कम्तिमा तीन पटक सम्म मह काट्न पाईन्छ । ३० वटा घारबाट मह उत्पादन गर्दा त्यही दुई लाख जतिको मह उत्पादन हुन्छ’ उनले भने ।
सोमबहादुरले मौरी पालन सबैभन्दा सजिलो पेसाको रुपमा लिने गर्दछन् । तर पनि, मौरी पालक कृषकलाई मौसम र मलसाप्रोले दुख दिने गरेको उनि बताउछन् । पानी परे पछि मौरी उत्पादनमा कम हुने र मलसाप्रोले मौरीका घारलाई भत्काउने हुदाँ दुख हुने केही सोमबहादुरले बताए । ‘मौरी पालन कृषकलाई मौसमले नै मार्छ । साथै हामीलाई अत्ताउने भनेकै मलसाप्रोले हो । मान्छेले बरु केही नगर्ला, मलसाप्रोले भत्काईदिन्छ, मौरीको चाका सबै खाईदिन्छ, मौरी ध्वस्त गरिदिन्छ । हाम्रो मेन दुस्मन भनेकै मलसाप्रो हुन्छ’ उनले भने ।
सोमबहादुरले मौरी पालनसंगै फर्निचर उद्योग पनि संञ्चालन गरेका छन् । उनले फर्निचर उद्योगमा विशेष गरेर मौरीको घार उत्पादन गर्दछन् । मौरीको घार किन्नलाई धेरै पैसा लाग्ने हुदाँ आफुले जानेको सिपको सदुपयोग गर्दै फर्निचर संञ्चालन गरि घार उत्पादन गर्ने गरेको बताउछन् । २०६५ सालमा न्युटन ‘ए’ मौरीको घारलाई ४५ सयमा बेचेको सोमबहादुरले अहिले न्युटन ‘ए’ र ‘ब’ लाई क्रमश ७५ सय र ९ हजार रुपौयाँमा बेच्ने गरेको बताउछन् ।
सोमबहादुर मोरी पालन पेसाबाट निकै सन्तुष्टि छन् । उनले मह र मौरी सहितको घार बेचेर बर्षमै ६ लाख देखी १५ लाख सम्म बिक्री वितरण गरेको बताउछन् । पछिल्लो समय मौरीको घारको बजार प्रतिशपर्धामा चलेको हुदाँ कृषकहरु मर्कामा परेको बताउछन् । ‘मौरीको घारको बजार अहिले प्रतिशपर्धामा छ । मौरीको घार सस्तोमा भन्दा पनि प्रतिशतमा चल्ने भए । कसैले ५० घार किन्न लाग्नुभयो भने कति प्रसेन्ट पाईन्छ तरु हामी कृषकलाई मार्ने नै त्यसैले हो’सोमबहादुर बताउछन् ।
मौरी पालनमा रमाएका सोमबहादुरले विदेशमा मात्र नभई नेपालमै कर्म गरेर पनि प्रशस्तै आम्दानि लिन सकिने बताउछन् । ‘मानिसहरु विदेश विदेश भन्छन् । विदेश गएर दुनियाले कमाएको छ, ठाउँ राम्रै परेत हो ।तर पनि कति गएर रोएर आएको पनि छ । त्यो त आफ्नो किस्मतको खेल हो विदेश भन्ने । यो भनेको आफ्नो मेहेनतको खेल हो । मेहेनत ग¥र्यो भने सोदेशमा नै हुन्छ’ उनले भने ।
निमुखा कृषकलाई अनुदान भनेको कुन चराको नाम हो भनेर सोध्न पर्ने सोमबहादुर बताउछन् । अनुदान भनेको पहुँच हुनेले खाने हो जस्तो लागेको बताए । ‘अनुदान पनेको कुन चराको नाम हो हामीले देखिएन । अनुदान नपाएरै त हो । पहुँच हुनेले खाँदो रहेछ होला सायद, हामीलाई आयो नआयो केही थाहै हुदैन, हामी काममै बिजि भईन्छ र थाहा हुन्न । थाहा हुदाँ हुदै पनि पर्दैन, किन भने पहुँच चाँहीदो रहेछ अलिकति । हेदै जाम, गर्दै जाम कुनै दिन सरकारले देख्यो भने पाईएला ’उनले भने ।