नेपाली कांग्रेसको भातृ संस्था युथ कांग्रेस नेपाल शुक्लागण्डकीको संयोजकमा नविन घिमिरे चयन भएका छन् । युथ कांग्रेस नेपाल, तनहुँका संयोजक राजेश कुमार श्रेष्ठको नेतृत्वमा शुक्लागण्डकीको संयोजकको घिमिरेलाई चयन गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस तनहुँका उप–सभापति एवम ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले युथ कांग्रेसले गर्ने हरेक काममा जिल्ला कार्य समितिको सहयोग हुने बताए । साथै उनले युथ कांग्रेस नेपाल र नेपाली कांग्रेसलाई थप सशक्त कसरी बनाउने ?, युवाहरुको आय आर्जन कसरी वृद्धि गर्ने ?, देशमा आत्म सन्तुष्टि हुने विकास कसरी गर्ने ? भन्ने योजना लिएर अगाडी बढ्न आग्रह गरे । युथ कांग्रेस तनहुँका संयोजक श्रेष्ठको नेतृत्वमा भएको कार्यक्रममा नेपाली कांग्रेमास तनहुँ क्षेत्र नम्बर २ का सभापति चुडामणि खनाल, महासमिति सदस्य महेश्वर भट्टराई, महाधिवेसन प्रतिनिधि भक्त श्रेष्ठ, प्रदेश अधिवेशन प्रतिनिधि अञ्जन कुमार श्रेष्ठको उपस्थित थियो । हाल युथ कांग्रेस देशका ३५ भन्दा बढी जिल्लामा सक्रिय रहेको छ ।