कोत्रे । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल महिला संघ शुक्लागण्डकी नगरपालिका–२ को वडा कमिटी विस्तार गरिएको छ । शनिबार नर्सरीमा युवा संघ र अनेम संघ शुक्लागण्डी नगर कमिटीको आयोजनामा वडा कमिटी विस्तार गरिएको छ ।
राष्ट्रिय युवा संघ शुक्लागण्डकी–२ को अध्यक्षमा नविन पुन चयन भएका छन् । पुनको अध्यक्षतामा ८१ सदस्यीय वडा कमिटी गठन गरिएको छ । कमिटीको उपध्यक्षमा लक्ष्मण खनाल, सचिवमा कृष्ण खरेल, उपसचिवमा आकाश कुवँर र प्रकाश थापा चयन भएका छन् ।
यसै गरि, शुक्लागण्डकी–२ को अनेम संघको अध्यक्ष उजेली थापा चयन भएकी छिन् । थापाको अध्यक्षतामा २८ सदस्यीय कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा शोभा खनाल, सचिवमा इन्दिरा वाग्ले, उपसचिवमा अमृता गजमेर, गंगा थापा चयन भएका छन् ।
कमिटी विस्तार कार्यक्रममा बोल्दै नेकपा एमाले तनहुँका जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठले युवहरुले मेरो वडा म जिताउछु भनेर अगाडी बढ्न सुझाब दिए । साथै उनले नेपालको ईतिहासमा भिमसेन थापा पछिको राष्ट्रवादी प्रधानमन्त्रीको रुपमा केपि ओलि रहेको दाबि गरे । ‘नेपालको ईतिहासमा भिमसेन थापा पछिको अर्काे राष्ट्रवादी नेता को ? राष्ट्रवादी प्रधानमन्त्री का, नेपाली जनताको विर छोरा को भन्दा खेरी केपि ओली । त्यस कारण केपि ओलि नेपाली जनताको प्यारो मान्छ, नेपाली जनताको रक्षक हुन्’ उनले भने ।
राष्ट्रिय युवा संघ शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष भगवान पुनको सभापतित्वमा सम्पनन कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य तिर्थराज खनाल, राष्ट्रि युवा संघ तनहुँका अध्यक्ष मदन तिम्लिसिना, युवा संघका नेता दानु सापकोटा, हरिलाल रिमाल, रघुनाथ पौडेल लगायतको उपस्थिती रहेको थियो ।