गोरखा – गोरखाको मनकामना केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बुधवार दिउँसो ४ बजेर ५४ मिनेटमा मनकामना आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो ।
यो २०७२ सालको गोरखा भूकम्पको पराकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का गोरखासहित, धादिङ, चितवन, लमजुङलगायतका ठाऊँमा महसुस गरिएको थियो ।