दुलेगौंडा । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल तनहुँ र शुक्लागण्डकी नगर कार्यसमितिले पेट्रोलियम पर्दाथको मूल्यवृद्धि विरुद्धमा राँके जुलुस प्रदर्शन गरेको गरेको छ ।
मंगलबार शुक्लागण्डकी नगरपालिका ४ दुलेगौंडा स्थित विपि चोकदेखी नगरपालिका गेटसम्म युवा संघले राँके जुलुस सहित विरोध प्रदर्शन गरेको होे । उक्त विरोध प्रर्दशन कार्यक्रममा पेट्रोलियम प्रदर्शनको मुल्यवृद्धि खारेज गर, असफल सरकार सत्ता छोड, नालायक सरकार मुर्दाबाद, सेरे तेरो पाराले दुख पायो साराले, रेणुकुमारी यादव सत्ता छोड लगायतका नारा लगाएका थिए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तिर्थराज खनालले वर्तमान सरकारले मुल्यवृद्धि गरि जनताको ढाड सेक्ने काम गरेको बताए । ‘लोकतान्त्रिक, जनर्निवाचित केपि ओलि सरकार अर्थात काम गर्ने सरकारलाई ढालेर लठबत्र सरकाल निर्माण गरेको छ । यसले मूल्य वृद्धि लगायतका काम गरिरहेको छ । जनताको ढाड सेक्ने काम गरिरहेकको छ’, उनले भने । यता सरकारको तलब भत्ता खाएर नेपाली नागरिकलाई गोलि हान्ने धम्की मन्त्री रेणु यादबबाट आएको हुदाँ देशमाफेरी ठुलो सडेन्त्र मच्चिएको बताए । उनले सरकारलाई चेतावनि दिदै भने ‘नेपाली युवाहरु सिरानिमुनि राखेको खुकुरी हौं । आवशयकता परेको बेलामा जतिबेला पनि ठाउँमा आएर प्रयोग गर्न सक्छौ’, उनले भने ।
कार्यक्रममा बोल्दै युवा संघ नेपालका केन्द्रिउ सदस्य ईश्वर श्रेष्ठ, नेकपा एमाले जिल्ला सदस्य देवन गुरुङ, अनेरास्ववियु भानुभक्त क्याम्पस कमिटी अध्यक्ष सुरेस पौडेल लगायतले पेट्रोलियम पर्दाथको मुल्यवृद्धि रोक्न सबै युवाहरु लागि पर्नुपर्नेमा जोड दिए ।