दुलेगौँडा – नेकपा माओबादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले पेट्रोलियम पदार्थको मुल्य बृद्धि खारेज गर्न माग गरेको छ ।
आईतबार क्रान्तिकारीको जिल्ला कमिटी तनहुँ, शुक्लागण्डकी नगर कमिटी र भानुभक्त क्याम्पस कमिटीले विज्ञेप्ती निकालेर बृद्धी गरिएको मुल्य समाजोन गर्न सरकारसँग आग्रह गरेका हुन् । कोेभिडको महामारीमा अस्तब्यस्त बनेको नागरिकको जनजीवनलाई थप प्रभावित गर्ने गरि मुल्यवृद्धी भएको भन्दै विद्यार्थी नेताहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले मुल्यवृद्धिको विरोध सहित क्याम्पस र विद्यालयमा सञ्चालन गरिएको परिक्षा लगायतका शैक्षिक गतिविधीमा बैकल्पिक ब्यवस्था अपनाउन सुझाव दिएका छन् ।