हलेदी । शिलादेवी युवा क्लबले आयोजना गरेको माघे संक्रान्ति कप सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको फाईनलमा शिलादेवी युवा क्लब आयोजक र नमुना युथ क्लब गाछपानी पुगेका छन् ।
शुक्रबार सम्पन्न पहिलो सेमिफाईनल खेलमा नमुना युथ क्लबले ओरष्टे युवा क्लब स्याङ्जालाई १–० गोलको अन्तरले जित हासिल गरेको थियो । प्रतियोगितामा नमुनाका एक्कु मगरेले पहिलो हाफमा गरेको गोल नै निर्णयक गोल बन्न पुगेको थियो ।
यस्तै गरी दोस्रो सेमिफाईनल खेलमा शिलादेवी युवा क्लब आयोजक विजयी भएका छ । शिलादेवीले भ्यालि युथ क्लबलाई २–० गोलको अन्तर जित हासील गरेको थियो । प्रतियोगिताको पहिलो हाफमा शिलोवीका अनुराग जिसीले गोल गरेका थिए भने दास्रो हाफमा रबिन मगरले गोल गर्दै क्लबलाई फाईनल खेलसम्म पु¥याएका थिए । फाईनल खेल भोलि विहान ११ बजे सुरु हुने आयोजकले जनाएको छ ।