नेकपा एमालेको नवौ जिल्ला अधिवेशनमा शुक्लागण्डकी नगरपालिकाबाट उप सविच सहित दुई खुल्ला सदस्य, महिला सदस्य एक, एक जनजाति सदस्य सहितको प्रतिनिधित्व गराएको छ ।
उस सचिवमा शुक्लागण्डकी नगरपालिकाका नगर कार्यपालिका सदस्य एवं प्रवक्ता युवा नेता खिम बहादुर कुमाल सर्वसम्मत भएका छन् भने सदस्य खुल्ला तर्फ नेकपा एमालेमा लामो योगदान गरेको लामो सयम स्थानीय स्तरमा काम गरेका देवलाल खनाल र दुर्गा बहादुर महतले निर्वाचन प्रक्रिया मार्फत सफलता हासिल गरेका छन् । महिला सदस्य तर्फ भने फुलमाया वाग्ले सर्वसम्मत भएकी छिन । यसैगरी जनजातीमा देव बहादुर गुरुङ्ग देवानले निर्वाचन मार्फत जित हासिल गरेका छन् ।
जिल्ला महिला सदस्य भुगोल तर्फ दानु अधिकारी सापकोट र विष्णुमाया पराजुली अधिकारी सर्वसम्मत चयन भएका छन् भने खुल्ला भुगोलतर्फ १० जनाको उम्मेद्वारी परेपछि भएको निर्वाचनमा आनन्द सुन्दर श्रेष्ठ, कृष्ण बहादुर पौडेल, लोक नारायण श्रेष्ठ, हरि रिमाल र खिम बहादुर महत जित हासिल गरेका छन । लेखा समिति सदस्यमा बलराम घिमिरे निर्वाचित भएका छन् ।
नेकपा एमालेको हालसालै सम्पन्न केन्द्रिय महाधिवेशन मार्फत नगर उप प्रमुख सविता रसाईली केन्द्रिय सदस्य चयन भैकेको हुँदा नेकपा एमालेको प्रभाव क्षेत्रको रुपमा मानिएको शुक्लागण्डकी नगरपालिकालाई विशेष रुपले हेरिन थालिएको छ । नेकपा एमालेमा भएको फुटबाट सबै भन्दा धेरै असर परेको यस नगरमा नगरपालिकामा प्रतिनिधित्व गर्ने ४ जना वडा अध्यक्ष, दुई जना कार्यपालिका सदस्य सहित १० जना एकिकृत समाजवादीमा लागेका छन् । एमालेको जिल्ला अधिवेशन मार्फत निर्वाचित यी नेतृत्वलाई अवको निर्वाचनमा फुटको प्रभावलाई व्यवस्थापन गरी नगरको विगतको विरासत कायम गर्न अर्को ठुलो चुनौति रहनेछ ।