नेकपा एमाले तनहुँको नवाै जिल्ला अधिवेशनबाट शुक्लागण्डकी नगर कार्सयपालिका सदस्य तथा प्रवक्ता खिम बहादुर कुमाल उसचिबमा सर्वसम्मत निर्वाचित भएका छन् ।
शुक्रबारबाट जारी जिल्ला अधिबेशन अन्तर्गत उप सचिब पदमा अन्य कसैको उम्मेदारी नपरेपछी कुमाल निर्बिरोध निर्वाचित भएका हुन् । जिल्ला अध्यक्ष लगाएत केहि अन्य सदस्य पदमा निर्बिरोध भएता पनि उपाध्यक्ष सचिब र अन्य सदस्य पदमा भने आइतबार राति मतदान भएको थियो ।
शुक्लागण्डकी नगरपालिकबाट ५ जना सदस्य निर्वाचित हुनेमा १० जनाको उम्मेदवारी परेपछि मतदान भएको छ । शुक्लागण्डकीबाट आनन्दसुन्दर श्रेष्ठ, कृष्ण बहादुर पौडेल, खिम बहादुर महत, नारायण पन्थी, दयाराम पौडेल, पहल थापा क्षेत्री, भिम बहादुर गुरुङ, रेशम बहादुर बिक, लोक नारायण श्रेष्ठ र हरिलाल रिमालको उमेम्द्वारी परेको छ । भिमाद नगरपालिकाको लागी सदस्यमा भने सर्वसम्मत भएको छ ।