नेकपा एमाले तनहुँको जिल्ला अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ निर्बिरोध निर्वाचित भएका छन् । शुक्रबारबाट जारी जिल्ला अधिबेशन अन्तर्गत आज बन्द सत्र सम्पन्न भएको थियो । निर्वाचन तालिका अन्तर्गत अध्यक्ष पदमा अन्य कसैको उम्मेदारी नपरेपछी श्रेष्ठ निर्बिरोध निर्वाचित भएका हुन् ।
अन्य पदाधिकारीमा भने धेरैको उमेदवारी परेको हुँदा आइतबार मतदान हुने निर्वाचन समितिले जनाएको छ ।