वन्केवा । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले पछिल्लो समय वडा वडामा पुगेर कमिटी विस्तार गर्ने कार्यलाई जोड दिदै आएको छ । जस अन्र्तगत आज (शनिबार) शुक्लागण्डकि शुक्लागण्डकी–३ को वन्केवामा वडा भेला गरेको छ ।
वडा भेलालाई सम्बोधन गर्दै पार्टीको केन्द्रिय सदस्य रेखा थापा बस्यालले जनतालाई विकासको प्रत्याभुति गर्ने पार्टी एसको रहेको बताईन् । गत आम निर्वाचनमा एमालेलाइ पाँच बर्ष सम्म सरकार चलाउने जिम्मा जनताले दिएता पनि केपि ओलिले गरेको कार्यले सरकार निरन्तर चल्न नसकेको बताईन् । साथै ओलिलाई आफुले गरेको कार्यबाट पछि हट्न र निरनत सरकार चनाउन भनिएता पनि त्यसको विरुद्धमा लागि परेको हुदाँ समाजवादको मुलधारमा आउनुपर्छ भन्ने हेतुले एकिकृत समाजवाद स्थापना गरेको बताईन् । संविधानको रक्षा गर्ने पार्टी एकिकृत समाजवादी रहेकको हुदाँ अबको चुनाबमा कलम चिह्न लिएर जनतामाझ आउने उनको भनाई छ ।
वन्केवामा सम्पन्न भएको वडा भेलाले पुननारायण श्रेष्ठ अध्यक्षमा चयन भएका छन् । कमिटीको उपाध्यक्षमा सुरेन्द्र परियार, मोहनबहादुर थापा, सचिवमा राजेन्द्र राना, सहसचिवमा शिव भुजेल, शिव श्रेष्ठ चयन भएको जिल्ला कमिटी सदस्य दीर्घबहादुर थापाले जानकारी दिए । उनका अनुसार श्रेष्ठको अध्यक्षतामा गठन भएको कमिटीमा ३५ सदस्यीय रहेका छन् । यस्तै, दिनेशकुमार श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय युवा संघ वडा कमिटी गठन गरिएको छ । उपाध्यक्षमा विश्व थापा, सुजन श्रेष्ठ, सचिवमा पवन राना मगर, कोषाध्यक्षमा प्रतिक्षा पौडेल रहेका छन् ।
जिल्ला कमिटिका सदस्य क्षेत्रबहादुर थापा (क्षितिज)का अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष दुर्गाकुमार श्रेष्ठ, जिल्ला कमिटी सदस्य रामकुमार श्रेष्ठ,दिर्घबहादुर थापा, युवा संघका केन्द्रिय सचिव कमल गैह्रे लगायतले बोलेका थिए ।