कोत्रे । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा माघे संक्रान्ति कप २०७८ सेभेन ए साईड नक–आउट फुटबल प्रतियोति संञ्चालन हुने भएको छ । माघे संक्रान्ति पर्वको अवसर पारेर शिलादेवी युवा क्लबले यही पुस २५ गतेदखी प्रतियोगिता सुरु गर्ने लागेको हो ।
नयाँ पुस्ताका खेलाडीलाई खेलप्रति रुचि जगाई राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष संजोग घलेले जानकारी दिए । उनका अनुसार क्लबले प्रत्यक बर्ष माघे संक्रान्ति पर्वको अवसरमा खेलकुद तथा संस्कृतिक कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद ५५ हजार ५ सय ५५ र द्धितीय हुनेले नगद ३३ हजार ३ सय ३३ रुपौयाँको साथमा कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, योङ्ग ट्यालेन्ट, फेयर प्ले टिम, ईमर्जिङ्ग प्लेयर, बेष्ट फरवार्ड, बेष्ट डिफेन्टर साथै क्वाटर फाईनलदेखी म्यान अफ दि म्याचको पनि व्यवस्था गरिएको छ । प्रतियोगितामा दिम दर्ता शुल्क पाँच हजार रुपौया तोकिएको छ ।
७ दिनसम्म संञ्चालन हुने प्रतियोगिताको अन्तिम दिन अर्थात माघे संक्रान्तिका दिन क्लबले प्रथम शिलादेवी मिनि म्याराथन, स्थानीयहरुका लागि विभिन्न खेलकुद कार्यक्रम, साथै संस्कृतिक कार्यक्रम गर्ने अयोजकले जनाएको छ ।