• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ जेष्ठ ५
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट राजनीति

कमिसन खाने खेल एमालेले गर्दैन् कांग्रेसले गर्छ : एमाले नेता बस्नेत

हरि खरेल हरि खरेल
January 2, 2022
- राजनीति, स्थानीय समाचार
A A
0
कमिसन खाने खेल एमालेले गर्दैन् कांग्रेसले गर्छ : एमाले नेता बस्नेत
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । नेकपा एमाले पोलिटिवयूरो सदस्य महेश बस्नेतले नेपाली कांग्रेसलाई कमिसन खाने पार्टीको संज्ञा दिएका छन् । आईतबार राष्ट्रिय युवा संघ नेपाल शुक्लागण्डकी नगर कमिटीकोे प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै बस्नेतले उक्त बक्तव्य दिएका हुन् ।
उनले नेपालमा दलालि, पुजिवादीहरुको संरक्षण गर्ने पार्टी नेपाली कांग्रेस रहेको बताए । उनका अनुसार अबको निर्वाचनमा यस्ता पार्टीलाई पाखा लगाएर नेकपा एमाले प्रमुख दलको रुपमा स्थापित हुने दाबी गरे । ‘आगामी निर्वाचनमा धेरै दलहरु रहने छैन्न । नेकपा एमाले प्रमुख दलको रुपमा रहने छ’, उनले भने ।

वर्तमान सरकार स्वार्थ केन्द्रित रहेको हुदाँ समृद्ध नेपाल र सुखी नेपालीको यो चाहाना पुरा गराउन नसकेको बताए । उनका अनुसार जनताको सपना पुरा गराउनका लागि पुनः केपि ओलि नेतृत्वको सरकार आउनुपर्ने छ । ‘समृद्ध नेपाल र सुखी नेपाली निर्माण गर्ने कुरा एउटा रजनीतिक दल, एउटा नेताको लागि धेरै कठिन कुरा हो । तर यो नेकपा एमाले र केपि ओलि बाहेक अरुले गर्न सक्दैन भन्ने कुरा हामीले पटक पटक प्रमाणित गरेका छौं । समृद्ध नेपाल र सुखी नेपालीको यो चाहाना जुन ढंगले अधुरो बनाउन खोजिदै छ, त्यसलाई पुरा गर्ने संकल्प अब हामी युवाले लिन आवश्यक छ’ पोलिटिवयूरो सदस्य बस्नेतले भने ।

अहिले देशमा भईरहेको गठबन्धनको सरकारले सत्ताको दुरुपयोग गरेको बस्नेतले आरोप लगाए । ‘यो गठबन्धन स्वार्थीहरु एकठाउमा मिलेर बनाईएको गठबन्धन हो । यो गठबन्धन काले काले मिलेर खाउँ भाले भनेर बनाईएको गठबन्धन हो । यो गठबन्धनभित्र कुनै सैदान्तिक, बैचारिक, राजनैतिक विषय वस्तु छैन् । यो गठबन्ध भित्र सत्ताको दुरुपयोग गर्ने, भ्रष्टचार र दुशासनलाई प्राथमिकता दिने मुख्य लक्ष्य छ ।’

भ्रष्टचारको संस्थागत सुरुवात गर्ने तत्व कांग्रेस हो : राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष पौडेल

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले भ्रष्ट्रचारको संस्थागत सुरुवा गर्ने पार्टीको रुपमा नेपाली कांग्रेसलाई रहेको बताएका छन् । आईतबार भएको सोही कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सत्तामा रहदाँ भ्रष्टचार मौलाएको बताए । कांग्रेसले देशमा भएका उद्योग कलकारखाना बन्द गराएर देशमा बेरोजगारी जनशक्तिको उत्पादन गरेको बताए ।

युवा संघका अध्यक्ष पौडेलले कांग्रेस महाधिवेशनबाट आएका युवा नेताहरुलाई गफाडी नेताको संज्ञा दिएका छन् । महाधिवेशनपछि नेतृत्वमा आएका गगन थापा र विश्वप्रकाश शर्माले काम गर्नु भन्दा पनि ओलिको बढी आलोचना गरेको हुदाँ यिनिहरुले देश विकासमा काम गर्न नसक्ने बताए । ‘महाधिवेशनबाट नेतृत्वमा आएका गगन थापा र विश्वप्रकाश शर्मा नयाँ भिजन दिन नसक्ने तर अरुको आलोचना मात्र गर्ने नेता हुन । यिनिहरुले समाजमा भ्रम फैलाउने काम मात्र गरे’ उनले भने ।

युवा विद्रोहका बन्दुक मात्र होईन सिर्जनाका संवाहक हुन : प्रदेशका साँसद राजिव पहारी


राष्ट्रिय युवा संघ नेपालका पुर्व अध्यक्ष एवं गण्डकी प्रदेशका साँसद राजिव पहारीले युवाहरु विद्रोहका बन्दुक मात्र नभई सिर्जनाका संवाहक पनि रहेको बताएका छन् । उनले अधिवेशनलाई नै सम्बोधन गर्दै युवाहरु मिलेर देशमा परिर्वतनका निम्ति अगाडी बढ्नुपर्नेमा जोड दिए । अबको आम निर्वाचनमा कांग्रेसलाई डाँडाको टुप्पोबाट निहालेर हेर्दा पनि नदेखिने वडा देखी पालिकासम्म एमाले एकछत्र बनाउने कार्यमा युवाहरु ऋगाडी बढ्नुपर्ने कुरालाई जोड दिए । पहारीले गठबन्धन सरकार भएको अनुभुति नै नभएको बताए । उनले भने–‘यो सरकार छ र । कान छ, सुन्दैन, नाक छ सुघ्दैन, मुख छ बोल्दैन ।’ आफुहरु बेरोजगार हटाउँदै सुशासन कायम गरी समृद्ध मुलुक बनाउन चाहेको उनले बताए ।

👉 अन्य सम्बन्धित खबरहरु

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा
स्थानीय समाचार

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
वृहत निःशुल्क योग विज्ञान शिविर सुरु
स्थानीय समाचार

वृहत निःशुल्क योग विज्ञान शिविर सुरु

May 15, 2025
योग दिवसको दिन च्यवन धाममा महामृत्युञ्जय यज्ञ हुने
स्थानीय समाचार

ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं

May 13, 2025
पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
स्थानीय समाचार

पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 

May 12, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
स्थानीय समाचार

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
स्थानीय समाचार

विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता

May 9, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर

अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर

April 28, 2025
भिमादका निवर्तमान नगर प्रमुखको निधन

भिमादका निवर्तमान नगर प्रमुखको निधन

April 21, 2025
फोहर व्यवस्थापनका लागि सम्झाैता सम्पन्न

फोहर व्यवस्थापनका लागि सम्झाैता सम्पन्न

April 25, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा
  • वृहत निःशुल्क योग विज्ञान शिविर सुरु
  • ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं
  • पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
  • निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.